काठमाडौँ – काठमाडौँमा जारी काभा महिला भलिबल लिगमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा पराजति गरेको छ ।
यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’को कभर्डहलमा सम्पन्न खेलमा नेपालले सोझो सेटमा ३-० ले माल्दिभ्सलाई पराजित गरेको हो । योसँगै सेमिफाइनलको समीकरण पनि पुरा भएको छ ।
भारत १० अंकसहित शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ भने अब सेमिफाइनलमा चौथो स्थानमा रहेको श्रीलंकासँग खेल्ने छ ।
त्यस्तै नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेको छ र भने अब सेमिफाइनलमा ७ अंकसहित तेस्रो स्थानमा रहेको इरानसँग खेल्ने छ ।
अब सेमिफाइनल खेल मंगलबार हुने छन् । मंगलबार अपराहन्न ३ बजे पहिलो स्मेइफ़ाइनल् खेल भारत र श्रीलंकाबीच हुने छ भने दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपराहन्न ५स् १५ बजेदेखि शुरु हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया