काठमाडौँ- ड्रिङ्क्स गर्नेहरूको सम्भवतः प्रिय पेय पदार्थमा बियर पनि पर्दछ । तर, बियर बारेका रोचक तथ्यबारे सायदै तपाईँ जानकार हुनुहुन्छ ।
आज हामी यहाँ बियरसम्बन्धी केही रोचक तथ्य प्रस्तुत गर्दैछौँ-
– अस्ट्रियामा सौखिनहरू स्विमिङ पुलजस्तै बियर पुलमा पौडी खेल्न सक्छन् ।
– बियर पानी र चियापछि सबैभन्दा बढी सेवन गरिने पेय पदार्थ मानिन्छ ।
– अहिले पनि करिब ५ करोड मानिस बियर पिइरहेका छन् ।
– संसारको सबैभन्दा कडा बियरमा ६७ दशमलव ५ प्रतिशत अल्कोहल हुन्छ ।
– हरेक सेकेन्डमा संसारका शून्य दशमलव ७ प्रतिशत मानिस बियर पिइरहेका हुन्छन् ।
– नेदरल्यान्डका पियक्कडहरूलाई बियर पिलाएर सडक सफा गराइन्छ ।
– सन् १९७० ताका बेल्जियमका कलेजका क्यान्टिनमा समेत बियर उपलब्ध हुन्थ्यो ।
– भनिन्छ, अल्छी मानिसलाई सबैभन्दा बढी बियर मन पर्छ ।
– थाइल्यान्डमा १० लाख बियरका बोतलबाट एउटा मन्दिर निर्माण गरिएको छ ।
– इजिप्टमा बियरलाई धनका रूपमा प्रयोग गरिन्छ ।
– फिनल्यान्डमा पत्नीलाई बोकेर दौडने एक प्रतियोगिता जित्नेलाई पत्नीकै वजन बराबर बियर पुरस्कार प्रदान गरिन्छ ।
– दुनियाँको सबैभन्दा महँगो बियर बेल्जियमको ‘ला भिले बोन सेक्योर्स’ हो, जसको मूल्य ७ सय पाउन्ड प्रतिबोतल छ ।
– अहिले संसारभर ४ सय प्रकारका बियर बनाइन्छ, जसमध्ये बेल्जियममा सबैभन्दा बढी ब्रान्डका बियर उपलब्ध हुन्छन् ।
– सन् १९९२ मा नील बोहरले नोबेल पुरस्कार जितेपछि उनको सम्मानमा कार्ल्सवर्ग बियरले पाइपबाट उनको घरमै बियर सप्लाइ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया