काठमाडाैँ- माङ्सेबुङ ईलामका गायक शंखर योङ्हाङको आवाजमा ‘टोलाएँ म टोलाएँ’ गीत सार्वजनिक भएकाे छ ।
गीतको अफिसियल भिडियोसहित शुक्रवार सार्वजनिक भएको हाे । चुलाचुली मिडियाको प्रस्तुति रहेको भिडियोलाई रंगकर्मी चेतन आङ्थुपोले निर्देशन गरेकाे भिडियोमा दिब्या लावती र खेमराज धमलाको अभिनय रहेको छ ।
करिब एक वर्ष अघिनै आफ्नो युट्युब च्यानलमा एनिमेसन भिडियो मार्फत गीतलाई सार्वजनिक गरिसकेका गायक योङ्हाङको
गीतलाई अहिले भिडियो मार्फत सार्वजनिक गरिएको हो । गीतमा कम्पोज साथै शब्द सौगात न्यौपानेको रहेको छ भने एरेन्ज रिकेश गुरुङले गरेका छन्।
माङ्सेबुङमै रहेर लामो समय सङ्गीतमै रमिरहेका योङ्हाङ नेपाल आइडल दोस्रो सिजन र नेपाल स्टारमा प्रतिस्पर्धीका रुपमा सहभागी भएका थिए । निर्देशक आङ्थुपो पछिल्लो समय नाटक,छोटो फिल्म तथा म्युजिक भिडियो निर्देशनमा व्यस्त छन ।
आङ्थुपोको पछिल्लो निर्देशित नाटक झोडाले सर्वाधिक सफलता कमाएको थियो । शरण हाङ जबेगु र राज धमलाको प्रायोजन, मन कुमार योङ्हाङ र सन्तोष बाहिङ राईको प्रोडक्सन रहेको यस भिडियोलाई कोरियोग्राफी मनिषा बराइलीले गरेकी छिन भने सुजन श्रेष्ठले छायाङ्कन गरेका छन ।
भिडियाे :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया