मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसकारण आजै त्याग्नुहोस् हतारमा खाना खाने बानी

पछिल्लो पुस्ताको जीवनशैली निकै व्यस्त छ । यसकारण अरू कुरा त छोडौँ खाना खान पनि निकै हतारमा खाइरहेका हुन्छन् ।

र हतारमा राम्ररी चपाउँदै नचपाई खाना खादा स्वास्थ्यमा विभिन्न असरहरू पर्न सक्छ । वास्तवमा अघिपछि जति नै हतार भ्याई–नभ्याई भएतापनि खाना खाने बेला भने हामीले पर्याप्त समय छुट्याउनुपर्छ ।

बिस्तारै राम्रोसँग चपाएर खाने गर्दा खाना कम खाइन्छ । किनकि, चपाई–चपाई खाँदा पेट चाँडै अघाउँछ । यसले गर्दा स्वाभाविक रूपमा शरीरको वजन कम हुन जान्छ । आजकलको व्यस्त समाजमा मानिसहरूसँग खाना खाने पर्याप्त समय हुँदैन । त्यसकारण खाना चपाएर खानुपर्ने नियमलाई त्यति महत्त्व दिइँदैन ।

टिभी हेर्दै, मोबाइल चलाउँदै, गफ गर्दै खाने चलन समेत विकसित छ । तर खाना खाँदा शान्त ठाउँमा बसेर हातले नै खानुपर्छ । 

यस्ता छन् खाना राम्रोसँग चपाएर खानुका फाइदाहरू 

– राम्रोसँग चपाएर खाने गर्नाले खानामा रहेका प्रोटिन, क्याल्सियम, आइरन, भिटामिन लगायत पोषक तत्त्व हाम्रो शरीरमा राम्रोसँग घुल्न पाउँछन्। यसो भयो भने मोटाइँदैन । साथै शरीर पनि स्वस्थ र फिट रहन्छ ।

– राम्रोसँग चपाएर खाने गर्दा खाना राम्रोसँग पच्छ र पाचन प्रक्रिया बलियो बन्न पुग्छ । अधिकांश रोग पेटको खराबीका कारण सिर्जना हुने भएकाले बढी चपाएर खाना खाने गर्नाले स्वास्थ्य राम्रो हुँदै जान्छ ।

– राम्रोसँग चपाएर खाँदा थोरै खानाबाट पनि शरीरले पर्याप्त पोषक तत्त्व पाउँछ । त्यही भएर खाद्यान्न सङ्कट आउन नदिन पनि हामीले बढी चपाएर खाने बानी बसाल्नुपर्छ । 

– राम्रोसँग चपाएर खाँदा भोक ढिलो गरी लाग्छ, जसले गर्दा शरीरको वजन बढ्न पाउँदैन । त्यही भएर वजन घटाउन चाहनेले थालमा थोरै खाना लिएर समय लगाएर चपाई–चपाई खाने बानी बसाल्नुपर्छ ।

जब हामी खानेकुरा राम्ररी चपाउँदैनौँ । पेटमा खानाका ठूला टुक्राहरू रहन्छन्, जसले गर्दा सहज रूपमा पाचन क्रिया हुन गाह्रो हुन्छ । जब खाना राम्रोसँग टुक्रिँदैन, पाचन पर्याप्त हुँदैन र नपचेको खानाबाट अनावश्यक ब्याक्टेरिया पैदा हुन गई अपच,अजीर्ण, आम, कब्जियत, ग्यास बढ्ने जस्ता समस्याहरू देखिन्छन् । यसकारण खाना खाँदा बिस्तारै आरामका साथ खाने गर्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?