मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काखी गन्हाउने समस्याबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता उपायहरु

अहिले गर्मियामको समय चलिरहेको छ । यसकारण चर्को घाम र गर्मीको कारण पसिना आउने समस्याले सताइरहेको हुन्छ । र यही पसिना आउने समस्याले नै काखी गन्हाउने समस्या सिर्जित गराउँछ ।

हुन त जाडो याममा काखी गन्हाउने समस्या नहुने र गर्मीमा मात्रै हुने भन्ने हैन । तर जाडोको तुलनामा गर्मीमा यो समस्याले धेरैलाई सताउँछ । यसका विभिन्न कारणहरू हुन सक्छन् ।

धेरै पसिना आउनु भनेको शरीरभित्रको विकार अर्थात् टक्सिन निस्कनु हो । पसिनासँगै ब्याक्टेरियाको सङ्क्रमणले पनि काखी गन्हाउने गर्छ । काखी गन्हाउने समस्याका कारण कतिपयलाई अन्य मानिसहरूका बीच बस्न समस्या भइरहेका हुन्छ । सकिन्छ 

किन हुन्छ काखी गन्हाउने समस्या ?
सामान्यतया काखी गन्हाउने समस्या चालिस वर्ष पार गरेपछि सुरु हुने गर्छ । तर कतिपय व्यक्तिहरूमा भने यो भन्दा कम उमेरमा पनि काखी गन्हाउने समस्या हुने गर्छ ।

काखी गन्हाउनुमा वंशाणुगत कारण पनि हुनसक्छ । पुरुष र महिला दुवैमा काखीमा बाक्लो रौँ छ भने पनि काखी गन्हाउने समस्या हुन्छ । बाक्लो रौँ का कारण काखीमा धेरै फोहोर हुने हुँदा ब्याक्टेरियाको सङ्क्रमण हुन्छ, जसकारण काखी गन्हाउँछ । साथै सरसफाइमा ध्यान नदिँदा पनि यस्तो समस्या उत्पन्न हुन्छ । 

छुटकारा कसरी  पाउने ? 
यस्तो समस्याबाट छुटकारा पाउन एन्टि सेफ्टिक मलम पाइन्छ त्यो लगाउनु भयो भने एक हप्तामै यो समस्या निर्मूल हुँदै जान्छ ।

काखीका रौँहरु सफा गरेर फाल्ने, अहिले त पर्मानेन्ट रुपमा राैँहरु हटाउने लेजर हेयर रिमुभल ट्रिटमेन्ट आइसकेको छ जसले पनि यो समस्यालाई हल गर्छ ।

अर्को भनेको अत्यधिक काखी गन्हाउने समस्या छ भने बोटोक्स विधि पनि बजारमा आइसकेको छ । यो इन्जेकसन लगाइसकेपछि पसिना आउन बन्द हुन्छ र काखी गन्हाउने समस्या कम हुन्छ । 

टिप्सहरू
–दिनहुँ नुहाउने साथै पसिनाले भिजेको कपडा लगाई नराख्ने 
–गर्मीमा पसिना सोस्ने खालका सुतीको कपडा लगाउने ।
–पानी प्रशस्त पिउने ।
– शरीरको तापक्रम कम गर्ने उपाय अपनाउने ।
–पसिनाको गन्ध नआओस् भन्नको लागि काखीमा डियोड्रेन लगाउने ।
–धेरै गन्ध आएमा चिकित्सकको सल्लाह लिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?