मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म

के एक्सन फिल्ममा दर्शकको आकर्षण बढेको हो?

काठमाडौँ– केही वर्षयता विश्व सिनेमामा एक्सन फिल्मको बाढी आएको छ । हलिउडमा अझै पनि मार्भलका एनिमेटेड स्वैरकाल्पनिक फिल्मले विश्व बजारलाई प्रभावित पारिरहेका छन् ।

त्यसो त बलिउडमा पनि एक्सन फिल्मले आक्रामक व्यापार गरेका छन् । केही समयअघि प्रदर्शनमा आएका दक्षिण भारतीय फिल्म ‘पुष्पा’, ‘कान्तारा’, ‘केजीएफ’, ‘कल्की’ लगायतका फिल्मले विश्व बजारमा नै प्रभाव पारेका छन् ।

नेपालमा पनि यी फिल्मले करोडौँको व्यापार गरेका छन् भने चर्चाका हिसाबले पनि उत्तिकै लोकप्रियता कमाएका छन् । ओटीटी प्लेटफर्ममा रिलिज भएका कतिपय कम बजेटका फिल्मले भने सामाजिक चेतका हिसाबले ठूलो प्रभाव पारेका फिल्म पनि छन् ।

जस्तो कि, भारतीय फिल्म ‘लापत्ता लेडिज’ कम बजेटमा निर्माण भएर ओटीटी प्लेटफर्ममा रिलिज भएपछि एकाएक चर्चा कमाएको थियो । पछिल्लो समय रिलिज भएको फिल्म ‘द गोट लाइफ’ ले पनि ओटीटी रिलिजपछि निकै चर्चा कमायो ।

वास्तविक जीवनसँग निकै नजिक रहेका फिल्मले सामाजिक सञ्जालमा व्यापक चर्चा कमाए पनि कमाइका हिसाबले भने पछाडि छन् ।

बरु केही समयअघि रिलिज गरिएको हिन्दी फिल्म ‘किल’ ले कम बजेटमा निर्माण भएर राम्रो व्यापार गर्‍यो भने यसको चर्चा पनि चुलियो । जबकि, यो फिल्ममा ठूला स्टार पनि थिएनन् ।

विदेशी फिल्मले नेपालका हल पनि भरिभराउ भएपछि नेपाली मेकरले पनि एक्सन फिल्म निर्माण थालेका छन् । केही समयअघिसम्म कमेडी र मौलिक फिल्म निर्माण भइरहेका बेला अहिले भने मेकरले धमाधम एक्सन फिल्म निर्माणमा जोडिएका छन् ।

यसअघि प्रदर्शनमा आएको फिल्म ‘प्रेमगीत ३’ ले सफल व्यापार गरेसँगै मेकरहरु एक्सन फिल्मतर्फ आकर्षित भएको देख्न सकिन्छ ।

यसअघि फिल्म ‘अगस्त्य’ ले त्यति उत्साहजनक व्यापार गर्न नसके पनि सुदर्शन थापा, सौरभ चौधरी, विराज भट्ट, सन्तोष सेन लगायतका मेकरले एक्सन फिल्म निर्माण गर्ने कोशिश गरेका छन् ।

केही समयअघि सार्वजनिक गरिएको ‘आउट लः दफा २१९’ ले पनि दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । त्यस्तै ट्रेलर, टिजर र पोस्टरका कारण एक्सन फिल्म भनिएका ‘बाह्र गाउँ’, ‘बलिदान’, ‘रावायण’ लगायतका फिल्मको रिलिजअघि नै हाइप बनेको छ । एक्सन फिल्मलाई दर्शकले कसरी लिन्छन् त्यो भने अहिले भन्न सकिने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?