मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको छ । 

शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको भाउ आज एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात २५ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार नौ सय १० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?