मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नारायणी नदी किनारमा बाघको आक्रमणबाट एक घाइते

जोयनेपाल
741
Shares
फाइल फोटो

चितवन – भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा मर्निङवाक गरेको एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ ।

आइतबार बिहान पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई  बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?