मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मिस नेपाल २०२४

आस्मा कुमारी केसीले जितिन् मिस नेपाल २०२४ को उपाधि

काठमाडौँ– मिस नेपाल २०२४ को ताज आस्मा कुमारी केसी जितेकी छिन् । शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसीले मिस नेपालको उपाधि हात पारेकी हुन् ।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी हुन् ।

पूर्वमिस नेपाल श्रीच्छा प्रधानले उनलाई ताज पहिरिएकी थिइन् ।

मिस नेपालको उपाधिका लागि यस वर्ष २६ सुन्दरीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाईं, सिम्रिका मानन्धर, आँचल खत्री, उर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, प्रेभिटा स्वाँर, इभा गिरी, दृष्टि थापा, दिक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेरबुजा, समीक्षा निरौला, किम्ती श्रेष्ठ, रोशनी दाहाल, प्रसुना भुसाल, पूजा बराल, अम्बिका राना, साइरा खड्का, अनिशा मल्ल श्रद्धा सुमन सिलवाल र सामिन कोइरालाले सहभागिता जनाएका थिए ।

त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले जितेकी छिन् भने मिस इन्टरनेशनल २०२४ को उपाधि करुणा रावतले जितेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?