मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘होस्टेल ३’ आगामी फागुन २६ गतेदेखि रिलिज हुने

काठमाडौँ– फिल्म ‘होस्टेल ३’ आगामी फागुन २६ गतेदेखि विश्वभर एकैसाथ रिलिज हुने भएको छ । यो व्यवसायिक सफल फिल्म ‘होस्टेल’ को तेस्रो श्रृंखला हो ।

यद्यपि फिल्मको छायांकन भने सुरु भएको छैन । फिल्मको छायांकन आगामी भाद्र २१ गतेदेखि सुरु हुने निर्माण टोलीले जनाएको छ ।

सशान कँडेलको निर्देशनमा रहने फिल्मको मुख्य भूमिकामा ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन्।

अब ‘माग्ने बुढा’ को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा अर्को प्रमुख भूमिकामा आशिष घिमिरेको पनि प्रवेश भएको छ। उनले बाल्यकालमा चर्चित हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए।

फिल्ममा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?