मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेता सिद्धान्त र नव्याको ब्रेकअप

काठमाडौँ – बलिउड अभिनेता सिद्धान्त चतुर्वेदी र नव्या नवेली नन्दा लामो समयदेखि रिलेशनशिपमा रहेको हल्ला चलिरहेको थियो । लामो समयदेखि हल्लामै सीमित रहेका सिद्धान्त र नव्याबीच अहिले आएर ब्रेकअप भएको खबर आएको छ ।

भारतीय मिडियाहरूले दुवैको ब्रेकअप भएको उल्लेख गरेका छन् । यी दुई अहिले अलग भइसकेको र सहज रूपमा ब्रेकअप गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

दुवैले अहिलेसम्म आफूहरूको सम्बन्धको बारेमा सार्वजनिक रूपमा टिप्पणी गरेका थिएनन् । सिद्धान्त चतुर्वेदीले एक पुरानो अन्तर्वार्तामा आफू सिङ्गल नभएको र कसैसँग डेट गरिरहेको बताएका थिए । 

उनले अन्तर्वार्तामा युवती चलचित्र क्षेत्रसँग आबद्ध भए पनि अभिनेत्री भने नभएको बताएपछि उनी नव्या भएको अड्कल काटिएको थियो । 

सिद्धान्त चतुर्वेदी हाल बलिउडका उदीयमान अभिनेता हुने भने नव्या महानायक अमिताभ बच्चनकी नातिनी हुन् । फिल्म क्षेत्र भन्दा बाहिर नव्याले आफ्नो पिताको बिजनेस बाहेक सामाजिक सेवा तथा आफ्नो पोडकाष्ट गर्ने गर्दै छिन ।

त्यस्तै सिद्धान्त भने अब बहुप्रतिक्षित फिल्म ‘धडक २’ मा देखिने भएका छन् । उनी बाहेक फिल्ममा अभिनेत्री तृप्ति डिमरी पनि देखिनेछिन् । फिल्मलाई शाजिया इकबालले निर्देशन गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?