मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइसक्रिम खाने बित्तिकै भुलेर पनि नखानुहोस् यस्ता चिज

अहिले गर्मीको समय चलिरहेको छ । यसकारण हामी आफूलाई शीतलता प्रदान गर्न चिसो कोल्ड ड्रिकंस्हरु,आइसक्रिम,लगायतका चिसो खानेकुराहरूको सेवन गर्ने गर्छौ ।

धेरैजसो व्यक्तिहरूले भने गर्मीमा आइसक्रिमकै सेवन गर्ने गर्छन् ।  आइसक्रिम बच्चादेखि बूढाबूढीसम्म सबैलाई मन पर्छ । आ–आफूलाई मन पर्ने स्वादको आइसक्रिम उनीहरू रमाइ–रमाइ खान्छन् ।

तर हामीले आइसक्रिम खाएपछि केही कुराहरूमा ध्यान दिनुपर्छ । आइसक्रिम खाने बित्तिकै हामीले खान नहुने खानेकुराहरू पनि छन् जुन कुरामा हामीले ध्यान दिन आवश्यक छ । 

आइसक्रिम खाने बित्तिकै खान नहुने खानेकुराहरू 

–आइसक्रिम खाने बित्तिकै चिया, सुप आदि गर्मी गराउने चिज खानु हुन्न । यसो गर्दा घाँटी दुख्ने, पेट दुख्ने, घाटी खसखसाउने जस्ता समस्याहरू आउन सक्छन् । 

–आइसक्रिम खाने बित्तिकै अमला लगायत अमिलो फल पनि खानु हुँदैन । 

–आइसक्रिम खाने बित्तिकै खान नहुने अर्को खाद्य वस्तु मसालेदार खानेकुरा पनि हो । यसका कारण पेट पोल्ने, अपच, पातलो दिसा लाग्ने जस्ता समस्या निम्तिन सक्छन् ।

–आइसक्रिम खानासाथ रक्सी पनि पिउनु हुन्न । रक्सी पिउँदा आइसक्रिममा भएको दूधको पाचन प्रक्रिया सुस्त हुन्छ । जसका कारण पेटमा गडबडी हुन्छ । बान्ता आउने, पातलो दिसा लाग्ने समस्याहरू पनि आउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?