काठमाडौँ- उत्तर कोरियाबाट भागेका एक वरिष्ठ अधिकारीले सर्वोच्च नेता किम जोङ उनको चाहना डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनुन् भन्ने रहेको बताएका छन् ।
रि इल क्यू सन् २०१६ यता उत्तर कोरियाबाट भाग्ने उच्च पदस्थ अधिकारी हुन् । रि इल क्यु सात पटक किम जोङ उनसँग आमनेसामने भइसकेका अधिकारी हुन् ।
दक्षिण कोरिया भाग्नुअघि रि इल क्युबामा उत्तर कोरियाका लागि काम गर्दै थिए । रि इल क्युले बीबीसीसँगको कुराकानीमा किम सामान्य व्यक्ति जस्तै देखिने भएपनि आफ्नो रक्षाका लागि जे पनि गर्न सक्छ भन्नेमा कुनै शंका नरहेको बताएका छन् ।
रि इल क्युले ट्रम्प र किम जोङ उनबीच २०१९ मा वार्ता सकिएपछि पनि उत्तर कोरियाले परमाणु कार्यक्रममा डोनाल्ड ट्रम्पसँग वार्ता गर्न सक्छ भन्ने महसुस गरेको बताएका छन् ।
डोनाल्ड ट्रम्पले यसअघि नै किम जोङ उनसँगको सम्बन्धलाई आफ्नो राष्ट्रपतिको महत्वपूर्ण उपलब्धिको रुपमा व्याख्या गरिसकेका छन् । गत महिना एक र्यालीमा डोनाल्ड ट्रम्पले किमले आफूलाई राष्ट्रपति कार्यालयमा फेरि भेट्न चाहेको बताएका थिए । ट्रम्पले भनेका थिए, ‘मलाई लाग्छ किम जोङ उनले मलाई याद गर्छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया