मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रोमाञ्चक खेलमा श्रीलंकाले भारतलाई जितबाट रोक्यो, खेल टाई

काठमाडौँ – भारत र श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल टाई भएको छ । शुक्रबार सम्पन्न भारत र श्रीलंकाबीचको एकदिवसीय सिरिजको पहिलो खेल टाई भएको हो ।

श्रीलंकाले दिएको २३१ रनको लक्ष्य पछाएको भारतले ४७.५ ओभरमा अल आउट हुदै २३० रन नै बनाएपछि खेल टाई भएको हो । जितको नजिक पुगेको भारतले ४८ ओभरका पछिल्ला दुई बलमा २ विकेट गुमाएपछि खेल टाई भएको हो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रन बनाएका थिए भने अक्सर पटेलले ३३, केएल राहुलले ३१, शिभम दुवेले २५, विराट कोहलीले २४ र श्रेयस अय्यरले २३ रनको योगदान दिएका थिए ।

त्यस्तै श्रीलंकाका बलर वानिन्दु हसरंगा र चरिथ असलंकाले ३-३ विकेट लिए भने दुनिथ वेल्लालागेले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको थियो ।

श्रीलंकाका लागि दुनिथ वेल्लालागेले सर्वाधिक ६७ रन बनाएका थिए भने पाथुम निसान्काले ५६ रन बनाएका थिए । त्यस्तै वानिन्दु हसरंगाले २४, जनिथ लियानागेले २० रन बनाएका थिए । त्यसैगरी अकिला धनन्जयले १७ तथा कुसल मेन्डिस र कप्तान चरिथ असलंकाले १४-१४ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज, शिभम दुवे, कुलदीप यादव र वाशिंगटन सुन्दरले एक एक विकेट लिएका थिए ।

यो खेल टाई भएपछि अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?