मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भूतलाई भगाएर गथांमुग मनाउँदै नेवार समुदाय

काठमाडौँ– आजका उपत्यका भित्रका नेवारी समुदायले गथांमुग अर्थात् घण्टाकर्ण पर्व मनाउँदै छन् । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व चाडपर्वमध्ये सबैभन्दा जेठो मानिन्छ ।

नेवारी भाषामा गँ भनेको घण्टा, था भनेको बजाउनु र मुग भनेको हथौड़ा हो । त्यसैले यस चाडलाई गथांमुग भनिन्छ । आजको दिन यस्ता भुतदेखि नडराउन भनी बच्चाहरुलाई चोकमा बालेको छ्वालीको आगो नाग्न लगाउँने प्रचलन रहेको छ भने आजकै दिनबाट लाम्खुट्टेको एउटा दाँत भाँचिन्छ भन्ने मान्यता रहेको छ । जसको अर्थ ‘लाम्खुट्टेको टोकाइ कम हुन्छ’ भन्ने हो ।

आजको दिन नेवार समुदायले टोल टोलमा जम्मा भएर छ्वाली, नर्कट, कर्कलो, सिस्नो, निगालोलगायत सामग्रीको प्रयोग गरी तीनखुट्टे राक्षसको स्वरुप बनाई बाजा गाजासहित दोबाटोमा र चौबाटोमा उभ्याइने प्रचलन रहेको छ । परापूर्वक कालदेखि चल्दै आएको यो पर्वमा नरभक्षी राक्षस मारिएको सम्झनामा मनाइने गरिन्छ ।

यस दिन टोलका बुढाबुढीदेखि बालबालिकाहरु जम्मा भएर आवश्यक सामग्री जुटाएर राक्षसको स्वरुप बनाउने गर्छन् । आज बिहान सबैर उठेर घर सफा गरी स्नान गर्ने प्रचलन रहेको छ ।

घण्टाकर्णको रुपमा बनाइएको प्रतीकलाई विभिन्न रंग दलेर राख्ने प्रचलन रहेको छ । यसरी बनाइएको प्रतीकलाई बेलुका टोलका व्यक्तिहरु मिलेर आगोको मुस्लोसहित खोलामा जलाउने गरिन्छ ।

के हो गथांमुग ?
किम्बदन्तीमा भक्तपुरका लेखक आरजे रञ्जितका अनुसार नेपाल सम्बत दिल्लागा चतुर्दशीका दिन मनाइने एक चाड हो गथांमुग च¥हे । यो चाड लिच्छविकालदेखि सुरु भएको थियो ।

सिथिनखःलाई बर्षको अन्तिम चाडको रुपमा लिइन्छ भने सिनाज्या (धान रोप्ने काम) सकेपछी सर्वप्रथम आउने चाडलाई गथांमुग च¥हे भनिन्छ ।

भलभल अष्टमी पछि बन्द भएको खिं, तः बाजाहरु यसै दिनबाट बजाउन सुरु गर्ने गरिन्छ । यसै दिन भक्तपुर नवदुर्गामा भगवान महादेवको सृष्टि हुने गर्दछ । महादेवको सृष्टिका निमित्त अखण्डशिल महाबिहारबाट माटो ल्याई महादेवको मुकुन्दो बनाउने गर्दछ । यो चाड विशेषगरि सरसफाइ सम्बन्धित रहेको उनको लेखमा उल्लेख गरिएको छ ।

सिनाज्याको समयमा सफाइ गर्ने फुर्सद हुँदैनन् । धान रोप्ने काम पश्चात् घर सफाई गरी आफ्नो घर, टोल, देशमा रहेको दुष्ट (फोहर)लाई राक्षसको रुप दिएर मिल्काउने गर्दछ । पहिले पहिले धान रोप्ने धेरै हुन्थ्यो र काम गर्ने मानिसहरु थोरै भएका कारण जति काम गरेपनि नसकेका कारण भुतको साधना गर्थे ।

तान्त्रिक विधि अनुसार भुतको आवाहन गरी काम गराउथे । तर सिनाज्या पछि खासै काम नभएको, धेरै खाने भएकोले बच्चाहरु चोरेर खान थाल्यो भन्दै भुतहरु भगाउन घण्टा बजाउदै हथौड़ाले पिटि भगाउने गर्दछ ।

यसरी गथांमुगको दहन गर्दा अश्लिल शब्द बोलेर गाली गरि लैजान्छ भने दोबाटो वा चौबाटोमा दहन गरेपछि ‘रामकृष्ण बासुदेव, राधाकृष्ण बासुदेव’भन्दै भगवानको नाम लिन्दै फर्किने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?