मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिटी स्क्वायर मलमा क्युएफएक्सको नयाँ हल सञ्चालनमा 

काठमाडौँ – काठमाडौँको सामाखुसीस्थित सिटी स्क्वायर मलमा क्युएफएक्सको नयाँ हल सञ्चालनमा आएको छ। 

बिहीबार एक समारोहकाबीच दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, प्रकाश सपुत, जितु नेपाल, नीति शाह, निर्मल शर्मा लगायतका कलाकारले रिबन काटेर हलको विधिवत उद्घाटन गरेका हुन्।

हल सञ्चालक सुमित मैनालीका अनुसार ३ पर्दासहितको यो हलमा ४ सय ९५ सिट क्षमता छ । करिब १८ करोडको लागतमा निर्माणमा ल्याइएको यो हललाई नेपालकै अग्रणी मल्टिप्लेक्स चेन क्युएफएक्सले व्यवस्थापनको जिम्मेवारी लिएको छ।

मलको नवौँ तलामा खुलेको हलको ११ औँ र १२ औँ तलामा  दर्शकलाई रिफ्रेसमेन्ट गर्नु परेमा कसमी बार एण्ड लाउन्ज समेत सञ्चालनमा ल्याइएको छ।

विशेषत यो हलका सबै थिएटरमा पिक्चर्स र साउन्ड क्वालिटीलाई उच्च प्राथमिकतामा राखिएको सञ्चालक  मैनालीले बताए। योसँगै क्युएफएक्स हलको सङ्ख्या १७ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?