मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुगल क्रोममा विज्ञापन आएर हैरान हुनुहुन्छ, अपनाउनूस यस्ता तरिका

काठमाडौँ– गुगल क्रोम एक पपुलर ब्राउजर हो । ल्यापटप वा एन्ड्रोइड फोनलगायत अधिकांश क्षेत्रमा यसैको प्रयोग हुन्छ । तर अचानक कैयन पटक पप अप वा विज्ञापन आउने गर्छ । यसले प्रयोगकर्ताहरु दिक्क मानी सामना गर्दै आएका छन् । यसले कन्टेट हेर्न तथा कुनै पनि साइटमा जानको लागि विभिन्न समस्याको समाधान गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा हामी तपाईलाई यसलाई ब्लक गर्ने तरिकाको बारेमा जानकारी दिन्छौँ ।

क्रोम ब्राउजरको प्रयोग गर्ने समयमा कैयन पटक विभिन्न कम्पनीको विज्ञापन आउने गर्छ । या विभिन्न पप अप आउने गर्छ । धेरै पटक प्रयोग कर्ताले क्लिक गर्नको लागि लिंक वा एप डाउनलोड गर्नको लागि देखाउँछ । तर खुसीको कुरो के हो भने केही सेटिङको प्रयोगमार्फत यसलाई अफ गर्न सकिन्छ ।

यस्ता विज्ञापनलाई कसरी बन्द गर्ने
– पहिलो क्रोम एपलाई खोल्नुहोस् ।
– फेरी माथि राइटमा थ्री डाँट्समा ट्याप गर्नुहास् र सेटिङलाई छनौट गर्नुहोस्
– यसपछि सेटिङ मेन्युबाट साइट सेटिङ छनौट गर्नुहोस्
– फेरि साइट सेटिङबाट पप अप र रेडीरियाक्टमा ट्याप गरी त्यसलाई अफ गर्नुहोला ।
यदि तपाईलाई विज्ञापन नोटिफिकेशन मिलिरहेको छ भने तपाई साइट सेटिङबाट नोटिफिकेशनमा गएर यसलाई अफ गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?