मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अस्ताए शास्त्रीय संगीतकार गुरुदेव कामत

काठमाडौँ – शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधन भएको छ ।  

उनको आज बिहान ६ बजे आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका–२ पोखरभिण्डामा निधन भएको हो । 

लामो समयदेखि मिर्गौला रोगबाट पीडित कामत आर्थिक समस्याका कारण यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए ।

शास्त्रीय संगीतमा श्रद्धाका साथ नाम लिइने कामत पछिल्लो ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए ।  कामतको जन्म वि‍.स. २०१२ साउन १७ गते सिरहाको पोखरभिण्डामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?