सामान्यतया रुख बिरुवाको आसपासमा बस्नु स्वास्थ्यका दृष्टिकोणबाट पनि राम्रो मानिन्छ ।
स्वच्छ हावापानीका लागि पनि रुख बिरुवालाई उपयुक्त मानिन्छ । तर, आज हामी एउटा यस्तो रुखको तथ्य उल्लेख गर्दैछौं जुन रुखको छेउमा पुग्यो भने पनि ज्यान नै जाने सम्मको खतरा रहन्छ ।
हुन त त्यो रुख पनि अन्य सामान्य रुख जस्तै देखिन्छ । त्यो रुखको नाम ‘सरबेरा ओडोलम’ हो । अन्य रुख सँग समानान्तर देखिएपनि त्यसको छेउमा जानु खतरनाक हुन्छ ।
वैज्ञानिकहरूका अनुसार, त्यो रुख हेर्दा सुन्दर लागे पनि यति विषालु हुन्छ की छेउमा गएर कसैले छोयो भने मानिस सिधै मृत्युको मुखमा पुग्छन् । यो रुखका कारण विश्वभर प्रत्येक हप्ता कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको बताइन्छ ।
यो रुख निकै विषालु हुन्छ । वैज्ञानिकहरूका अनुसार विश्वमै पाइने विषालु रुखमध्ये यो सर्वाधिक खतरनाक हो ।
वैज्ञानिकहरूको अनुसन्धान अनुसार, त्यो रुखमा रहेको विष मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धड्कन बढ्ने, वाकवाकी लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छन् ।
यसले हृदयको कार्य प्रणाली र एन्जाइम्सलाई चाँडै असर गर्दछ । जसका कारण मानिसको मृत्यु हुन्छ । यो रुख भारतसहित दक्षिण पूर्वी एसियाका केही मुलुकमा पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया