स्मार्टफोनमा सेक्युरिटीका लागि हामी प्राय पासवर्ड तथा फिंगरप्रिन्ट लकको प्रयोग गर्दछौं । फिंगरप्रिन्टबाट फोनलाई सबैभन्दा छिटो र सजिलोसँग अनलक पनि गर्न सकिन्छ तथापि कहिलेकाहीँ फोनको स्क्रिनमा आफ्नो फिंगरप्रिन्ट राख्दा पनि काम नगर्ने समस्या आउँदछ ।
स्मार्टफोनको फिंगरप्रिन्ट स्क्यानरले राम्रोसँग काम नगर्दा फोन अनलक गर्न मुश्किल हुन्छ । यस्तो अवस्थामा के गर्ने ? आज हामी यस्तो टिप्सको बारे जानकारी दिँदै छौँ, जसको मद्दतले फिंगरप्रिन्ट स्क्यानर ठिक गर्न सक्नुहुन्छ
– स्क्रिन र फिंगरप्रिन्ट सेन्सर सफा गर्न माइक्रोफाइबर कपडा प्रयोग गर्नुहोस् । यदि तपाईंको फोनमा पछाडिको फिंगरप्रिन्ट स्क्यानर छ र फोनमा कभर छ भने, कभरले फिंगरप्रिन्ट सेन्सरलाई ब्लक गर्न सक्ने हुनाले यसलाई हटाउनुहोस् ।
– धेरै पटक हामी हाम्रो औंला फिंगरप्रिन्ट स्क्यानरको वरिपरि छिट्टै राख्छौं यसो हुँदा स्क्यानरलाई औंला पत्ता लगाउन कठिनाई हुन सक्छ र फोन अनलक गर्न सक्षम हुनेछैन् ।
– फोनलाई छिट्टै अनलक गर्न औंलाको प्लेसमेन्ट सहि हुनु धेरै महत्त्वपूर्ण छ । फिंगरप्रिन्ट सेन्सरमा आफ्नो औंला स्पष्ट र स्थिर रूपमा राख्नुहोस् । फिंगरप्रिन्ट धेरै थिच्ने प्रयास नगर्नुहोस् ।
– यदि तपाई बारम्बार यस्तो समस्याको सामना गर्दै हुनुहुन्छ र तपाईले आफ्नो फिंगरप्रिन्ट ठीकसँग सेट गर्नुभएको छैन भने, तपाई फिंगरप्रिन्ट सेटिङ्गमा गएर यसलाई पुनः सेट गर्न सक्नुहुन्छ ।
– केहि स्मार्टफोन मोडेलहरूले दुई वा बढी फिंगरप्रिन्टहरू सेट गर्न दिन्छ त्यसैले वैकल्पिक फिंगरप्रिन्ट सेट गर्ने प्रयास गर्नुहोस् ।
– आफ्नो स्मार्टफोनको अपरेटिङ सिस्टम र सुरक्षा प्याचहरू अपडेट गर्नुहोस्, किनकि कहिलेकाहीँ सफ्टवेयर अपडेटहरूले फिंगरप्रिन्ट सेन्सर सम्बन्धित समस्याहरू समाधान गर्न सक्छ।
– यदि फिंगरप्रिन्ट स्क्यानरले काम गरिरहेको छैन् र माथिका सबै समाधानहरूले समस्या समाधान गर्दैन भने, तपाइँ आफ्नो फोन रिबुट गर्न सक्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया