मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शेयर बजारमा नयाँ रेकर्ड, हालसम्मकै उच्च कारोबार

काठमाडौँ– शेयर बजारमा बुधबार नयाँ कीर्तिमान बनेको छ । यस दिन शेयर बजारमा भएको कारोबार रकमले कीर्तिमान राखेको हो ।

बुधबार हालसम्मकै सबैभन्दा धेरै २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१ रुपैयाँ कारोबार भयो ।

यसअघि २०७८ साउन ३१ मा २१ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार नेप्से परिसूचक ६४.२५ अंकले उकालो लाग्दै २७६०.९० विन्दुमा पुगेर बन्द भएको छ ।

यसअघि दुईदिन सामान्य करेक्सन आएको बजार आज एकाएक बढेको हो । अघिल्लो दिन पनि शेयर बजारमा १९ अर्ब बढीको कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ भने त्यसपछि माउण्टेन इनर्जी नेपाल प्रालिको भएको छ । त्यसै गरी शिवम् सिमेन्ट, नेपाल फाइनान्स लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, साइन रेसुङ्गा बैंक, सिटिजन इन्भेस्टेन्ट ट्रस्ट, अरुण भ्याली हाइड्रोपावर र नेपाल इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडमा उच्च कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?