मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

काठमाडौँ– चलचित्र विकास वोर्डले नयाँ अध्यक्षको चयन पक्रिया सुरु गरेको छ । भुवन केसीको कार्यकाल सकिएसँगै बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास बोर्डको अध्यक्षमा दरखास्त आह्वान गरेको हो ।

अध्यक्षमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको न्युनतम योग्यता तोकिएको छ ।

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाहरुले भने नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता योग्यता तोकिएको छ ।

अध्यक्ष पदका लागि करिश्मा मानन्धर, नरेन्द्र महर्जन, नरेश पौडेल, राजेश थापा र दिनेश डीसी लगायतले चासो देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?