मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मह खानुअगाडि यस्ता कुराहरुमा ध्यान दिनुहोस्

पृथ्वीमा पाइने सबैभन्दा पुरानो गुलियो वस्तु हो मह । यसलाई परापूर्वकालदेखि नै मानव स्वास्थ्यका लागि अमृतसमान मानिँदै आएको छ । मह कहिल्यै बिग्रिँदैन । मह स्वास्थ्यका लागि एकदमै गुणकारी छ । यसको सेवनले शरीरमा स्फूर्ति र ताजापन उत्पन्न गर्छ ।

मह खानपान र तागतका लागि मात्र नभई चिकित्सा, सौन्दर्य आदिका लागि परापूर्व कालदेखि उपयोग गरिँदै आएको छ । यसलाई भगवानको आहारा समेत मानिएको छ । हप्तामा दुई–तीनपटक महको प्रयोग गरेर दाँत माझ्न लगाउने हो भने दाँतमा चमक आउने र स्वस्थ हुने गर्दछ । नुहाउँदा पनि सकेसम्म निम र मह दुई–तीन थोपा प्रयोग गर्न सके यसले शरीरलाई ज्यादै राम्रो गर्दछ ।

शरीरमा मालिस गर्दा शुद्ध तोरीको तेलमा महको केही मात्रा मिसाएर गर्ने हो भने पनि शरीरमा रोगको लक्ष्यणहरूले आक्रमण गर्न पाउँदैनन् । महमा बहुगुण हुने भएकोले हुनाले तातो वस्तुमा राखेर खाँदा गर्मी हुने र चिसो वस्तुमा राख्दा चिसो हुने हुँदा बालबालिकालाई गर्मी मौसममा पनि चिसो खानेपानीमा ताजा कागतीको रस महमा घोलेर प्राकृतिक सर्वत बनाएर पनि खान सकिन्छ ।

तर, यसको प्रयोगमा सावधानी अपनाउनुपर्छ । किनभने अलिकति गडबडीका कारण मह स्वास्थ्यका लागि खतरनाक साबित हुन पनि सक्छ ।

मह खाँदा यी कुरामा ध्यान दिनुहोस्
–मह अलि गरम वस्तु हो । यसलाई तातो खानासँगै खानुहुँदैन । तातो खानासँगै खाँदा झाडापखाला हुन सक्छ ।
–चिया वा कफीमा महको सेवनले शरीरमा ताप बढाउँछ । यसले एक किसिमको छट्पटी उत्पन्न गर्न सक्छ ।
–महसँगै मुला खानुहुँदैन । यसले शरीरमा टाक्सिन बन्न थाल्छ ।
–माछा र मासुसँगै मह खानाले शरीरमा टाक्सिन उत्पन्न हुन्छ । यसले शरीरमा नराम्रो असर गर्छ ।
–घिउ र मह एकसाथ बराबर अनुपातमा मिलाएर खानुहुँदैन । यो शरीरका लागि बिष साबित हुन सक्छ । दम र खाेकी वा कफ हटाउनु परेमा महको उपयोग निकै राम्रो मानिन्छ । र मह एक वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?