मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एउटै गीतमा २५ जना गायिकाको स्वर

काठमाडौँ– गायक खुमन अधिकारीको तीजको गीतमा २५ जना गायिकाले स्वर दिएका छन् । उनको ‘आफूलाई आफैँ राम्रो’ बालेका गीतमा २५ जना गायिकाले स्वर दिएका हुन् ।

उनको सो गीत मंगलबार सार्वजनिक गरेको छ । दुर्गा पौडेलको शब्द रहेको गीतमा खुमनको संगीत र विनोद बाजुरानीको एरेन्ज रहेको छ ।

गीतको भिडिओमा स्मृति तिमिल्सिना ‘गुरूआमा’ को निर्देशन छ भने दुर्गा पौडेल र प्रविण सुवेदीले छायांकन गरेका हुन्।

गीतको म्युजिक भिडिओमा सबै गायिकालाईसमेत देखाइएको छ ।

गीतमा खुमनसँगै शर्मिला गुरूङ, जुना श्रीस, पूर्णकला बिसी, श्रीदेवी देवकोटा, माया गुरूङ, आशा बिसी, जानकी तारामी मगर, कालिका रोका, चन्दा अर्याल, मिना लामा, सुमन थापा मगर, सरिता कार्की, शान्तारानी परियार, मञ्जु बिकको स्वर छ।

त्यस्तै चिजा तामाङ, सुशीला गौतम, मिना बुढाथोकी, सीता श्रेष्ठ, आयुषा गौतम, पूजा देवकोटा, सलिना नेपाली, तारा थापा, शर्मिला बिसी, शर्मिला रायमाझी, इब्सु सञ्ज्यालले स्वर दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?