मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अध्यक्षकाे खाेजीमा चलचित्र विकास बोर्ड, कसले दिन पाउँछ आवेदन ?

काठमाडौँ– चलचित्र विकास बोर्डले अध्यक्ष पदको लागि दरखास्त आव्हान गरेको छ । सञ्चार तथा सूचना मन्त्रालयले आज बुधबार एक सूचना जारी गर्दै अध्यक्षको लागि दरखास्त आव्हान गरेको हो ।

सूचनाका अनुसार योग्यता पुगेका ३० देखि ६५ वर्ष नाघेका व्यक्तिले अध्यक्षको लागि आवेदन दिन सक्नेछन् । सूचना प्रकासित भएको १५ दिनभित्र इच्छुक व्यक्तिले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

इच्छुक व्यक्तिले मन्त्रालयको संस्थान समन्वय शाखामा आवेदन दिनु पर्ने साथै रीत नपुगेका र निर्धारित समयभन्दा पछि आउने आवेदनमा कारबाही नगर्ने सो सूचनामार्फत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?