मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हमासका शीर्ष नेता हानिया इरानमा मारिए

काठमाडौँ – हमासका शिर्ष नेता इस्माइल हानियाको हत्या भएको छ । हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित हानियाको तेहरानस्थित आवासमा एक आक्रमणमा मृत्यु भएको बताएको छ ।

यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । तर यस आक्रमणमा इजरायलको संलग्नता हुनसक्ने बताइएको छ ।

हमासका अनुसार इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको उद्घाटन समारोहमा सहभागी हुन तेहरान पुगेका हानियालाई आवसमै आक्रमण गरिएको थियो ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन् । इरानको सरकारी मिडियाले पनि हानियाको मृत्यु भएको पुष्टि गरेको छ ।

इस्माइल हानिया हमासको राजनीतिक ब्युरोका प्रमुख थिए भने उनी प्यालेस्टिनी प्राधिकरणको दसौँ सरकारका प्रधानमन्त्री थिए । हाल धेरै जसो कतारमा रहेर उनले अन्तर्राष्ट्रिय समुदायसँग वार्ता र छलफलमा सहभागिता देखिँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?