काठमाडौँ – उत्तर कोरियाका शासक किम जोङ उनको तौल फेरि बढेको छ ।
मिडिया रिपोर्टका अनुसार किमलाई उच्च रक्तचाप र मोटोपनासँग सम्बन्धित मधुमेह जस्ता स्वास्थ्य समस्याहरू देखा परेको छ र उनका अधिकारीहरूले उनको उपचारको नयाँ विधि खोजिएको उल्लेख गरिएको छ ।
अत्यधिक मद्यपान र धूम्रपानका लागि परिचित ४० वर्षीय किमको परिवारलाई हृदय रोगको इतिहास छ । किमका बुवा र हजुरबुवा दुवैको हृदयाघातका कारण मृत्यु भएको थियो । किम भन्दा पहिले दुवैले उत्तर कोरियामा शासन गरेका थिए ।
केही विज्ञहरूका अनुसार किम करिब १७० सेन्टिमिटर (५ फिट, ७ इन्च) अग्ला रहेका छन् । यसअघि किमको तौल १४० किलोग्राम (३०८ पाउण्ड) थियो । यसपछि २०२१ मा उनले आफ्नो डाइट परिवर्तन गरेर तौल घटाए तर अहिले मिडिया फुटेज हेर्दा उनको तौल फेरि बढेको देखिन्छ ।
किमको जीवनशैली र खानपान निकै रोचक छ । किम जीवनशैलीमा महँगो रक्सी, विशेष चुरोट र विदेशबाट आयात गरिएको मासु समावेश छ । उनलाई मदिराको लत रहेको दाबी समेत गरिएको छ ।
रिपोर्टका अनुसार किमलाई गाईको दूध र सर्पको वाइनबाट बनेको चीज मन पर्छ । यस बाहेक उनलाई जापानी परिकार सुशी र साम्पेन पनि मन पर्छ ।
किमलाई जापानबाट आयात गरिएको कोब मासु मन पर्छ, कोब मासु संसारमा सबैभन्दा महँगो र कम उपलब्ध मासु हो । यसका साथै किमलाई डेनमार्कको उच्च गुणस्तरको सुँगुर र इरानको क्याभियर खान पनि मन पर्छ ।
रिपोर्टका अनुसार किमलाई ब्ल्याक लेबल स्कच ह्विस्की र हेनेसी ब्रान्डी पिउन मन पराउनका लागि हरेक वर्ष औसत २०० करोडको रक्सी अन्य देशबाट उत्तर कोरियामा आयात गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया