हाम्रो शरीरमा धेरै अङ्गहरू दुई वटा भएपनि मुटु एउटा मात्रै हुन्छ । तर हाम्रो खानपान र जीवनशैली जसरी ध्वस्त हुँदै गएको छ, त्यसरी नै मुटुरोगको जोखिम पनि बढेर गएको छ ।
प्रशोधित खानपान, मदिरा, चुरोट आदिले मुटुको कार्य क्षमता कमजोर बनाउँदै लगेको छ । निष्क्रिय जीवन, अनियन्त्रित खानपान, तनावले मुटुलाई मारमा पारेको छ । त्यसैले अहिले धेरै व्यक्ति मुटुको समस्यासँग जुधिरहेका छन् ।
कसरी बच्ने ?
– चुरोट सुर्ती सेवन नगरौँ । चुरोट सुर्ती मुटुरोगको प्रमुख कारक हुन्।
– जंक फुड अर्थात् प्याकेटका तयारी खाना र चिनी मिसाइएको पेय पदार्थ खान छोडौँ । याे मुटुरोगको दोस्रो ठूलो कारण हो।
– घरमै पकाएको खाना, ताजा फलफूल र हरियो सागपात खाने गरौँ।
–दैनिक ३० मिनेट व्यायाम गर्ने गरौँ।
–सकारात्मक व्यक्तित्वको निर्माण गरौँ। यसबाट तनाव कम हुन्छ।
– वर्षमा केही नभए पनि एक पटक स्वास्थ्य परीक्षण गराउने गरौँ। मुटुरोगका लक्षण हुँदैनन्। जाँचे मात्र पत्ता लाग्छ। रोग छ भने तुरुन्त उपचार गर्नुपर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया