मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रातभरको भारी वर्षाले काठमाडौंमा बाढी, सतर्क रहन आग्रह

काठमाडौँ – गएरातिदेखि भारी वर्षा भइरहँदा काठमाडौँ उपत्यका नदीहरूमा जलसतह बढेको छ।

बागमती र यसका सहायक नदी हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायतमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्ती डुबानमा पर्नसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ। बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ।

काठमाडौँको धोबीखोला, चाबहिल र वाग्मती गौरीघाट जलमापन केन्द्रहरूमा जल सतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ। यस्तै भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ।

ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ। ती क्षेत्रमा रहनेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

यता वर्षाका कारण काठमाडौँ महानगरपालिका ३२ नरेफाँट क्षेत्रमा बाढी पसेको छ। मनोहरा खोला र हनुमन्तेको दोभान क्षेत्रको करिडोर सडक ठप्प भएको छ। 

बाढीले मनोहरा करिडोर पूरै डुबानमा परेको हो। बाढीले ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न ठाउँमा समेत क्षति गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?