मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मह खानुअगाडि यस्ता कुराहरूमा ध्यान दिनुहोस्  

पृथ्वीमा पाइने सबैभन्दा पुरानो गुलियो वस्तु हो मह । यसलाई परापूर्वकालदेखि नै मानव स्वास्थ्यका लागि अमृतसमान मानिँदै आएको छ ।

मह कहिल्यै बिग्रिँदैन । मह स्वास्थ्यका लागि एकदमै गुणकारी छ । यसको सेवनले शरीरमा स्फूर्ति र ताजापन उत्पन्न गर्छ । मह खानपान र तागतका लागि मात्र नभई चिकित्सा, सौन्दर्य आदिका लागि परापूर्व कालदेखि उपयोग गरिँदै आएको छ । यसलाई भगवानको आहारा समेत मानिएको छ ।

हप्तामा दुई–तीन पटक महको प्रयोग गरेर दाँत माझ्न लगाउने हो भने दाँतमा चमक आउने र स्वस्थ हुने गर्दछ । नुहाउँदा पनि सकेसम्म निम र मह दुई–तीन थोपा प्रयोग गर्न सके यसले शरीरलाई ज्यादै राम्रो गर्दछ ।

शरीरमा मालिस गर्दा शुद्ध तोरीको तेलमा महको केही मात्रा मिसाएर गर्ने हो भने पनि शरीरमा रोगको लक्षणहरूले आक्रमण गर्न पाउँदैनन् ।

महमा बहुगुण हुने भएकोले हुनाले तातो वस्तुमा राखेर खाँदा गर्मी हुने र चिसो वस्तुमा राख्दा चिसो हुने हुँदा बालबालिकालाई गर्मी मौसममा पनि चिसो खानेपानीमा ताजा कागतीको रस महमा घोलेर प्राकृतिक सर्बत बनाएर पनि खान सकिन्छ । 

तर, यसको प्रयोगमा सावधानी अपनाउनुपर्छ । किनभने अलिकति गडबडीका कारण मह स्वास्थ्यका लागि खतरनाक साबित हुन पनि सक्छ । 

मह खाँदा यी कुरामा ध्यान दिनुहोस् 

–मह अलि गरम वस्तु हो । यसलाई तातो खानासँगै खानुहुँदैन । तातो खानासँगै खाँदा झाडापखाला हुन सक्छ ।

–चिया वा कफीमा महको सेवनले शरीरमा ताप बढाउँछ । यसले एक किसिमको छटपटी उत्पन्न गर्न सक्छ ।

–महसँगै मुला खानुहुँदैन । यसले शरीरमा टाक्सिन बन्न थाल्छ ।

–माछा र मासुसँगै मह खानाले शरीरमा टाक्सिन उत्पन्न हुन्छ । यसले शरीरमा नराम्रो असर गर्छ ।

–घिउ र मह एकसाथ बराबर अनुपातमा मिलाएर खानुहुँदैन । यो शरीरका लागि विष साबित हुन सक्छ । र दम र कफ हटाउनुपरे महको उपयोग निकै राम्रो मानिन्छ । र मह एक वर्ष भन्दा कम उमेरका बालबालिकालाई दिनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?