मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हरियो खुर्सानी खानुका फाइदा : क्यान्सरको जोखिम कम गर्नेदेखि छालामा चमक ल्याउनेसम्म

हरियो खुर्सानी पिरो खानेकुरा हो । जसको प्रयोग बढी मात्रामा तरकारी र अचारमा स्वाद थप्न प्रयोग गरिन्छ । र कतिपयले भने खानासँग खुर्सानी टोकेर पनि खाने गर्छन् ।  खुर्सानीको नाम सुन्ने बित्तिकै जो कोहीको दिमागमा पिरोको याद आउँछ । धेरै पिरो खानु स्वास्थ्यका लागि फाइदा हुँदैन । चिकित्सकहरू पनि चिल्लो, पिरो, अमिलो धेरै नखान सल्लाह दिन्छन् । तर हरियो खुर्सानीले स्वास्थ्यलाई फाइदा पनि पुर्‍याउँछ । हरियो खुर्सानी स्वास्थ्यका लागि धेरै फाइदाजनक हुने चिकित्सकहरू बताउँछन् । दैनिक खानामा सीमित मात्रामा हरियो खुर्सानी खाने हो भने यो स्वास्थ्यलाई निकै लाभ पुर्‍याउँछ ।

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदाहरू  

–हरियो खुर्सानीले मानिसलाई भोक जगाउने गर्दछ । दैनिक सीमित मात्रामा हरियो खुर्सानीको सेवन गर्नाले मानिसमा रोग प्रतिरोधी क्षमता बढाउँछ ।

–हरियो खुर्सानीमा भिटामिन इ को मात्रा निकै धेरै हुने भएका कारण यसमा प्राकृतिक तेल हुन्छ जसले छालालाई नरम बनाइराख्न मद्दत गर्दछ । यसले तपाईँको छालालाई सधैँ जवान र चम्किलो बनाइराख्न मद्दत गर्दछ ।

–खुर्सानीको सेवन गर्ने व्यक्तिमा नाकको रक्तसञ्चार, रुघा वा पिनासको समस्या कम हुन्छ ।

– हरियो खुर्सानीले रगतमा सुगरको लेभललाई कन्ट्रोल गर्दछ । जसले मधुमेहको समस्याबाट छुटकारा दिलाउँदछ । हरियो खुर्सानीमा पाइने फाइबरले खानालाई छिट्टै पचाउन पनि मद्दत गर्दछ ।

–हरियो खुर्सानीको सेवनले शरीरमा गर्मी बढाई चिसोबाट बचाउँछ । साथै दुखाई पनि कम गर्छ । साथै हरियो खुर्सानीले शरीरमा कमी भएको भिटामिन ‘सी’को मात्रालाई बढाई शरीर स्फूर्त राख्दछ ।

– खुर्सानी खाँदा प्रोस्टेट क्यान्सरबाट बचाउने गर्दछ । हरियो खुर्सानीमा यस्तो तत्त्व पाइन्छ जसले क्यान्सरको जोखिमलाई कम गर्ने गर्दछ ।

– शरीरमा आइरनको कमी हुनेले हरियो खुर्सानीको सेवन गरे यसले आइरनको परिपूर्ति गर्छ ।

– आँखा कमजोर भएकाहरूले खानामा हरियो खुर्सानीको सेवन गरे बिस्तारै आँखा तेजिलो हुन्छ ।

– छालाको सङ्क्रमण र बाहिरी रोगको प्रभाव रोक्न समेत हरियो खुर्सानीको सेवन 

– हरियो खुर्सानीमा हुने बेटा क्यारोटिनले हृदयरोगबाट समेत बचाउँछ ।

–यदि तपाईँको छाला निकै नै संवेदनशील छ र तपाईँलाई सङ्क्रमणको समस्या भइरहन्छ भने हरियो खुर्सानीले तपाईँलाई राहत प्रदान गर्नेछ । हरियो खुर्सानीको एन्टिब्याटरियल तत्वले तपाईँको छालालाई सङ्क्रमणबाट बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?