मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । 

हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर साधरणतया बदली रहने छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा  मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम  विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै आज राती देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा भारी देखि धेरै भारी  वर्षाको पनि सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?