काठमाडौं – आज २०८१ साल साउन १६ गते बुधबार सन् २०२४ जुलाई ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बुधबार अमेरिकी डलर, यूरो र कतारी रियालको विनिमय दर स्थिर हुँदा बेलायती पाउण्डको विनिमय दर सामान्य अंकमा बढेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७९ पैसा र बिक्री दर १७२ रुपैयाँ ५६ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया