मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘घरज्वाइँ’ विवादमा प्रज्ञा प्रतिष्ठानले भन्यो– रोधी संस्कृति गुरुङ र मगर दुवैको हो

काठमाडौँ– फिल्म ‘घर ज्वाइँ’ मा समावेश रोधी संस्कृतिबारे गुरुङ र मगर समुदायबीच भएको विवादमा नेपाल प्रज्ञा प्रतिष्ठानले मध्यमार्गी बाटो अपनाएको छ ।

‘रोदी’ शब्दको प्रमाणीकरण भन्दै प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाल मगर संघलाई लेखेको एक पत्रमा यो संस्कृति मगर र गुरुङ दुवै समुदायमा रहेको जनाएका हुन् ।

मङ्गलवार नेपाल मगर संघका नाममा लेखिएको पत्रमा भनिएको छ, ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश ९२०७९० मा ‘रोदी’ शब्दको अर्थ विशेषत स् ‘गुरूङ जातिमा प्रचलित छ’ भन्ने उल्लेख भए पनि नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित विभिन्न कृतिहरूका आधारमा हेर्दा उक्त ‘रोदी’ संस्कृति मगर, गुरुङलगायत पश्चिम नेपालमा बस्ने विभिन्न आदिवासी, जनजातिमा रहेको पाइएको व्यहोरा प्रमाणित गर्दछु ।’

मगर समुदायमा घर ज्वाइँ बस्ने पराम्पराको कथामा आधारित फिल्म ‘घर ज्वाइँ’ मा प्रयोग भएको ‘रोधी’ को दृश्यलाई लिएर केन्द्रीय कार्यालय पोखरा रहेको संस्था ‘तमु धिँ नेपाल’ले आपत्ति जनाएको थियो । यो संस्था गुरुङ समुदायको हो ।

पूर्वी रुकुमका मगर समुदायको कथा भन्ने दयाहाङ राई र मिरुना मगरको केन्द्रीय भूमिका रहेको फिल्ममा ‘रोदी’संस्कृति देखाइएको छ ।

फिल्म प्रदर्शनमा आएपछि गुरूङ समुदायले रोधी गुरुङ समुदायको भएको दाबी गर्दै आएका थिए । फिल्ममा रोधी मगर समुदायको भनेर गरिएको दृश्यांकन विधि र विधानविपरीत भएको निष्कर्ष निकाल्दै तमु धिँले प्रदर्शन नगर्न पोखराको मिड टाउन मुभिज प्रालि लगायतका फिल्म हललाई पत्र काटेको थियो ।

चलचित्र जाँच समितिलाई पत्राचार गर्दा पनि न्यायिक निर्णय नभएकाले उक्त कदम चालेको पत्रमा उल्लेख थियो । यही विवादलाई निरुपण गर्ने क्रममा ‘रोदी’ मगर र गुरुङ दुवै समुदायको रहेको प्रष्टीकरण दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?