काठमाडौँ – बलिउड सुपरस्टार शाहरूख खानलाई मोतियाबिन्दु भएको छ। शाहरूखले केही दिनदेखि मुम्बईमा आँखाको उपचार गराउँदै आएका छन् । तर अहिले उनी यसै सन्दर्भमा अमेरिका जाने भएका छन् ।
भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनी पछिल्लो केही दिनदेखि अस्पताल धाइरहेका थिए। उनले २९ जुलाईमा आफ्नो आँखाको सर्जरी गराएका थिए। तर सर्जरी सफल भएन। अब उनी आफ्नो आँखाको सर्जरी गर्न अमेरिका जाने तयारीमा छन्।
रिपोर्ट अनुसार शाहरुख खान ३० जुलाईमा आँखाको उपचारका लागि अमेरिका जाँदैछन् । पछिल्लो केही दिनदेखि मुम्बईको एक अस्पतालमा उनको आँखाको उपचार भइरहेको थियो । उनलाई मोतियाबिन्दु भएको पत्ता लागेको थियो । शाहरुखको दुवै आँखामा समस्या देखिएको थियो । उनको एउटा आँखा भारतमा र अर्को आँखाको अमेरिकामा उपचार गराइनेछ ।
शल्यक्रियापछि शाहरुख खान स्विजरल्याण्ड जानेछन्
रिपोर्टका अनुसार शाहरुख खानको मुम्बईको एक अस्पतालमा आँखाको शल्यक्रिया गरिएको थियो, जुन राम्रोसँग हुन सकेन । अमेरिकामा उपचार गराएपछि शाहरुख भारत आउने छैनन् । उनी अगस्ट ७-८ मा स्विट्जरल्याण्ड जानेछन् । तर, शाहरुख व्यक्तिगत कामका लागि वा व्यावसायिक कारणले त्यहाँ जाँदैछन् भन्ने पुष्टि भएको छैन ।
शाहरुख खानको आगामी फिल्म
वर्कफ्रन्टको कुरा गर्ने हो भने शाहरुख खान छोरी सुहाना खानसँग आगामी फिल्म ‘किंग’ मा देखिनेछन् । सुहानाको यो दोस्रो फिल्म हो । यो फिल्मलाई सुजोय घोषले निर्देशन गर्नेछन् । सुहानाले यसअघि ‘आर्चिज’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । किंगको सुटिङपछि शाहरुखले ‘पठान २’ मा काम गर्ने छन् । यस फिल्ममा अभिषेक बच्चन खलनायकको भूमिकामा देखिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया