मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धागोबाट बुनेका सामग्री बेचेर जीवन निर्वाह गर्दै कान्छीमाया

काठमाडौँ– हेटौंडाकी ५६ वर्षिया कान्छीमाया तामाङ धागोबाट बुनेका सामग्री बेचेर जीवन निर्वाह गरिरहेकी छिन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी ज्येष्ठ नागरिक तामाङले उमेर बढेसँगै शारीरिक श्रमको काम गर्न नसक्ने भएपछि धागोको कामलाई रोजेकी हुन् । उनले विशेषत धागोबाट टेबुलहरु छोप्न मिल्ने कपडाहरु बुन्दै आएकी छिन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि रोजगारीको ठूलो समस्या रहेको सुनाउँदै उनले पाको उमेरकालाई झन जीवन चलाउन गाह्रो हुने बताइन् ।

उनले समुदायलाई सङ्केत गर्ने सप्तरङ्गी रङहरुलाई नै मिश्रित गरेर धागोका रुमालहरु बुनेकी छिन् । उनले बुनेका धागोका रुमालहरु अहिले सामाखुसीस्थित ‘मितिनी नेपाल’को संस्थामा उपलब्ध छन् ।

आफूले बुनेका सामग्रहरु बिक्री भएमा जीवन चलाउन केही सहज हुने तामाङको आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?