काठमाडौँ– अभिनेत्री वर्षा शिवाकोटी पछिल्लो समय चर्चामा छिन् । उनले अभिनय गरेका दुई फिल्म एकपछि अर्को गर्दै प्रदर्शनमा आउँदैछन् ।
यतिबेला फिल्म ‘मोदीबेनी’ को प्रचारमा जुटेकी वर्षा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । आफ्नो अभिनयका कारण चर्चामा रहने वर्षाले आफूले अभिनय गरेका फिल्मको खुलेर प्रचार पनि गर्ने गर्छिन् ।

यही साउन १८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा वर्षासँगै अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल लगायतका कलाकारको समेत अभिनय छ । फिल्मको ट्रेलरले दर्शकको राम्रै प्रतिक्रिया पाइरहेको छ । प्रेम, हास्य र पारिवारिक कथा भनिएको यो फिल्मलाई शंकर कोइरालाले निर्देशन गरेका हुन् ।

प्रचारमा खटिएकी वर्षा यो फिल्मलाई लिएर उत्साहित छिन् । उनी यो फिल्म उत्कृष्ट बनेको बताउँछिन् । अर्कातिर योसँगै उनको हातमा रहेको अर्को फिल्म हो, छक्का पञ्जा ५ ।
यो फिल्मको फस्ट लूक रिलिज भएदेखि नै चर्चा छ । वर्षा पनि यो फिल्मबाट उत्तिकै आशावादी छिन् । किनकि, छक्का पञ्जा सिरिज नेपाली फिल्म इतिहासमा सफल सिरिजमध्ये एक हो । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले बनाएको यो फिल्मबाट पनि वर्षा उत्तिकै उत्साहित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया