काठमाडौँ– तामाको भाँडोमा राखिएको पानी प्राकृतिक रुपमा व्याक्टेरिया र किटाणुहरुलाई नष्ट गर्ने काम गर्छ । जसले गर्दा यसलाई स्वच्छ र शुद्ध जलस्रोतको रुपमा लिने गरिन्छ । यसबाहेक तामाले शरीरमा इम्युनिटी पावरलाई बलियो बनाउँछ । पाचन प्रणालीमा सुधार गर्छ । र विषाणुहरुलाई कम गर्छ ।
यस लेखमा हामी तामाको भाडाको उपयोगसँग जोडिएका विभिन्न विषयकोबारेमा जानकारी दिन्छौँ । जसले तपाईको शारीरिक समस्यालाई टाढा भगाउन मात्रै होइन जीवनमा सफलता हुनको लागि पनि उर्जा दिने छ । तामाको भाँडालाई सही तरिकाले प्रयोग गर्दा तपाईलाई धेरै फाइदा हुन्छ । तामाको भाँडामा राखिएको पानी पिउँदा हुन्छ यस्ता फाइदा
पाचन प्रणालीमा सुधार
तामाको भाँडामा राखेको पानी पिउँदा पाचन क्रियामा सुधार हुन्छ । यसले पेटमा भएका विभिन्न रोगहरुलाई भगाउँछ । यसका साथै कब्जियत नियन्त्रणको लागि पनि सहयोग गर्छ ।
तौलमा नियन्त्रण
तामामा बोसो पगाल्ने क्षमता हुन्छ । यसले गर्दा तामाको पानी पिउँदा तौल घटाउन सहयोग गर्छ । तामा मेटोबोलिज्म लेबल बढाउँछ । जसले गर्दा शरीरको क्यालोरीलाई कम गर्नको लागि सहयोग गर्छ ।
हड्डीलाई मजबुत बनाउँछ
तामाले हड्डिलाई मजबुत बनाउँछ । यसले हड्डीमा क्याल्सियमलाई बढाउँछ । यसले गर्दा हड्डी र जोर्नीहरु स्वस्थ रहन्छ ।
कपाल र छालामा फाइदा
यसले छालामा चमक ल्याउनुका साथै कपाललाई पनि मजबुत बनाउँछ । छालालाई सुन्दर बनाउनको लागि मद्दत गर्छ । यसले त्वचालाई चमकदार र सफा राख्नको लागि सहयोग गर्छ ।
बेफाइदाहरु
तामाको भाडाको पानी पिउँदा फाइदासँगै बेफाइदा पनि हुन्छ । तामाको पानी धेरै सेवन गर्दा तपाईको शरीरमा बेफाइदा पनि गर्छ ।
तामाको पानी धेरै सेवन
तामामा धेरै समयसम्म पानी राख्यो भने वा तामामा राखेको पानी धेरै पिउनु हुन्न । यसले शरीरमा तामाको स्तर बढाउन ुसक्छ । जसले हाम्रो शरीरमा विषाक्त फैलाउन सक्छ । यसमा अमिलो वा पिरो चीज पिउनु हुन्न ।
फोक्सोमा समस्या
तामाको अधिकताले फोक्सोमा समस्या ल्याउन सक्छ । र यसले फोक्सोलाई प्रभावित गर्छ ।
एलर्जीको रियाक्सन
केही व्यक्तिहरुमा तामाको एलर्जी हुन सक्छ । यस्ता मान्छेहरुले तामाको भाडाको पानी पिउँदा समस्या हुन सक्छ । तामाको भाँडाको पानी पिउँदा फाइदा त हुन्छ ।
तर यसलाई संयमित भएर उपयोग गर्न सकिन्छ । यसको लागि भाडा र पानीलाई सफा राख्नुपर्छ । यसका साथै अधिकतम ८ देखि १२ घण्टासम्म राख्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया