मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेप्से परिसूचकमा आज २० अङ्कको गिरावट

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज २० अङ्कले घटेको छ । आज नेप्से २०.४६ अङ्कले घटेर २६६१.०९ अङ्कमा पुगेको छ ।

आज ३२५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयर २ लाख २२ हजार ६६० पटक खरिदबिक्री हुँदा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १०६ बराबरको कारोबार भएको छ ।

आज नेपाल फाइनान्सको शेयर मुल्य सबैभन्दा बढी ९.७७ प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोको शेयर मुल्य ८.५८ प्रतिशतले बढेको छ ।

त्यस्तै आज सबैभन्दा बढी आरम्भ लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ८.३५ प्रतिशतले घटेको छ भने बोटलर्स नेपालको शेयर मुल्य ७.९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिभम सिमेन्टको ६१ करोड १२ लाख ८६ हजार ६८३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने कुमारी बैंकको २४ लाख ६३ हजार ६९ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?