मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

देवी प्रतिभाको कथावाचन सुन्न राजनीतिज्ञदेखि कलाकारसम्मको लहर (तस्बिरहरु)

काठमाडौँ– पशुपति परिसरमा चलिरहेको ‘श्री पशुपति कोटीहोम १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महानयज्ञ’ सुन्न यतिबेला आम मानिसहरुको लहर चलेको छ । कोटिहोमका भएका कथावाचनमा थुप्रै विद्वत व्यक्तिहरुको कथावाचन र प्रवचन जारी छ ।

यद्यपि ती विद्वत व्यक्तिहरुमध्ये भारतको वृन्दावनबाट नेपाल आएकी नेपाली चेली २३ वर्षिया देवी प्रतिभाको चर्चा चुलिएको छ । उनलाई भेट्न र सुन्न अहिले कोटिहोममा नेकपा एमालेका नेता योगेश भट्टराई, गाेकुल बास्काेटादेखि कोमल ओलीसम्मका राजनीतिज्ञदेखि कलाकारसम्मको लर्को देखिन्छ ।

उनकै दर्शनभेटमा अभिनेताहरु पल शाह, निखिल उप्रेती, सञ्चारकर्मीहरु प्रकाश सुवेदी, कृष्ण कँडेल लगायत व्यक्तिहरु कोटिहोम पुगेका छन् । साउन १ गतेदेखि ११ गतेसम्म कथा वाचन गरेर भारत फर्कने देवी प्रतिभाको योजना भएपनि सोमबारसम्म रहने समय थप गरिएको छ । उनले १३ र १४ गते बिहानी सत्रमा रामकथा प्रवचन गर्ने भनिएकाे उनी सम्बन्ध विच्छेदबारे बाेलिएकै कारण विवादित समेत बनेकी छिन् ।

फोटोफिचर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?