मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् घरमा मुसा र छुचुन्द्रो आउनुको रहस्य

काठमाडौँ– घरमा मुसा, छुचुन्द्रो र माउसुली आउनु सामान्य कुरो हो । अधिकांश मानिसकहरु घरमा यी जनावर आएपछि रिसाउँछन् र बाहिर निकाल्नको लागि विभिन्न प्रयास गर्छन् । उनीहरुलाई घरबाट भगाउनको लागि विभिन्न प्रकारको केमिकल तथा स्प्रे पाउडरको प्रयोगसमेत गर्छन् । यस्तै मुसा र छुचुन्द्रोलाई पिंजडामा औषधीको प्रयोग गरी मारिन्छ । तर तपार्इंलाई थाहा छ ? घरमा बस्ने मुसा र छुचुन्द्रोमा माता लक्ष्मीको कृपा हुने गर्दछ ।

घरमा मुसा वा छुचुन्द्रो आउनुमा धेरै प्रकारको शुभ र अशुभ हुने गर्दछ । यसले तपाईलाई धन आउनेको संकेत गर्दछ । साथै यदि तपाईं घरबाट बाहिर निस्कने समयमा मुसा देख्नुभयो भने अशुभ हुन्छ भन्ने मान्यता रहेको छ । आउनुहोस् वास्तुमा मुसा र छुचुन्द्रो आउनुको शुभ वा अशुभ हो भन्नेबारेमा जानकारी लिऔँ ।

मुसा आउनुको संकेत
– हिन्दु धर्ममा मुसालाई भगवान् गणेशको बहानको रुपमा लिने गरिन्छ । यो घरमा आउनु सामान्य कुरा हो । तर घरमा मुसाको संख्या लगातार बढ्नु, गुड बनाउनु अशुभ मानिन्छ ।
– वास्तुशास्त्र अनुसार यदि घरमा मुसाले आवाज दिन्छ भने केही नराम्रो घटना हुनेको संकेत गर्दछ ।
– मुसाले पटक पटक तपार्इंको साम्रग्रीलाई कोतार्दा तपाईंको जीवनमा सुख र शान्तिमा कमी हुने संकेत गर्दछ ।
– यदि तपाईं घरबाट निस्कने समयमा मुसा देख्नुभयो भने वास्तुशास्त्रमा यसलाई अशुभ मानिन्छ ।
– तपाईंले मुसालाई घरबाट बाहिर निकाल्न सक्नुहुन्छ । तर मार्नु हुन्न । यसले भगवान् गणेश रिसाउने विश्वास छ ।

छुचुन्द्रो आउनुको संकेत
– हिन्दु धर्ममा छुचुन्द्रोलाई माता लक्ष्मीको स्वरुपमा लिने गरिन्छ । यो घरमा हुनुलाई शुभको संकेतको रुपमा लिने गरिन्छ ।
– यदि रातको समयमा घरमा छुचुन्द्रो आउँछ भने त्यसलाई शुभको संकेतको रुपमा लिन सकिन्छ ।
– यदि छुचुन्द्रो कुनै व्यक्तिको परिक्रमा गर्छ भने उसको जीवनमा धेरै लाभ हुने संकेत मानिन्छ ।
– यदि तिहारको समयमा तपार्इं छुचुन्द्रो देख्नुभयो भने तपाईंको भाग्यमा धेरै लाभ हुने विश्वास गरिन्छ ।
– यदि तपाईंको घरमा छुचुन्द्रो छ भने त्यसलाई भोकै कहिल्यै पनि नराख्नुहोला । थोरै थोरै खानेकुरा राख्दिनुहोला । यसले तपाईंलाई शुभ फल प्राप्ति हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?