मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् लगातार सूर्य उदाउने देश

एक दिनमा राति कति घण्टा र दिउँसो कति घण्टा हुन्छ भन्ने प्रश्न सोध्यो भने सबैको उत्तर हुन्छ–आधा राति आधा दिउँसो । यो सामान्य कुरा पनि हो । तर यही पृथ्वीमा यस्ता देश छन् जहाँ कहिल्यै रात पर्दैन । अझ भनौँ कहिल्यै सूर्य अस्ताउँदैन । आखिर कुन हुन त ती देश ?

यस्तो सूर्य नअस्ताउने देशको सूची
१. फिनल्यान्ड : फिनल्यान्ड यस्तो देश हो जहाँ धेरैजसो स्थानमा गर्मीको समयमा सूर्य लगातार ७३ घण्टासम्म उदाइरहन्छ । यहाँ सूर्य अस्ताएर पनि केही समयमै फेरी उदाउँछ जसले रात र उदाउँदो दिनको भिन्नतालाई नै हराइदिन्छ ।

२. क्यानडा : सूर्य नअस्ताउने देशको सूचीमा क्यानडा पनि पर्छ । विश्वको दोस्रो ठूलो देशले गृष्म ऋतुको ५० दिन जति लगातार सूर्यको प्रकाश देख्छ ।

३. नर्वे : नर्वेमा गृष्म ऋतुमा मध्यरातसम्म पनि सूर्य अस्ताउँदैन । यो देशमा मे महिनाको अन्तिमबाट जुलाईको अन्तिम सम्म करिब ७६ दिन सूर्य २० घण्टा भन्दा बढी उदाउँछ ।

४. स्विडेन : यो देशमा वर्षमा करिब ६ महिनासम्म लगातार धेरै घाम लागिरहने गर्छ । स्विडेनमा मे महिनाको शुरुबाट अगस्टको अन्तिमसम्म सूर्य मध्यरातमा अस्ताउँछ र बिहान ४ बजे नै उदाउँछ ।

५. आइसल्यान्ड : युरोपको टापु आइसल्यान्डमा सूर्य मे को सुरुवातदेखि जुलाईसम्म अँध्यारो हुँदैन किनभने सूर्य जतिखेर पनि आकाशमै हुन्छ ।

६. अलास्का, अमेरिका : अलास्कामा मे महिनाको अन्तिमदेखि जुलाईको अन्तिमसम्म सूर्य अस्ताउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?