मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन पकाएको मासु फ्रिजमा राखेर बारम्बार तताएर खानहुँदैन ?

मासु हामी सबैलाई मन पर्ने परीकार हो । अन्य तरकारीहरूको तुलनामा मासु धेरै रुचाइन्छ पनि । मासु चिउरा, पुलाउ,खाना, रोटि लगायत अन्य विभिन्न खानासँग मिसाएर खान सकिन्छ ।

विशेषगरी चाडपर्वहरु मासुका विभिन्न परीकारहरू बनाएर खाने गरिन्छ । साथै हामी मासुको परीकारलाई पकाइसकेपछि फ्रिजमा राखेर पटक–पटक तताएर पनि खाने गर्छौ । मासुको सेवन स्वास्थ्यका लागी फाइदाजनक नै छ तर फ्रिजमा राखेर पटक–पटक तताएर सेवन गर्नु बिलकुल गलत कुरा हो । 

मासु पकाएर फ्रिजमा राख्ने, निकाल्ने, तताउने, खाने अनि फेरि राख्ने गर्नुहुँदैन । यसले शरीरलाई हानि गर्छ । जति पकाउने हो फ्रिजबाट त्यति नै झिक्नुपर्छ । फ्रिजमा पनि एक हप्तासम्म राखेर खाँदा मासु स्वास्थ्यकर नै मानिन्छ । त्यसैले हप्ता दिनसम्म राखेर खान कुनै समस्या छैन । मासु डी फ्रिजमा राखेर खाने हो ।

तर बाहिर राखेर मासु खान मिल्दैन । किनभने मासु एउटा यस्तो पदार्थ हो एकदम छिट्टै गनाउँछ । जीवाणु कीटाणुलाई पनि मासु असाध्यै प्रिय हुन्छ । त्यसमा जीवाणुलाई चाहिने हुर्किने सबै किसिमको पदार्थ हुन्छ । त्यसैले बाहिर राखेको मासु छिट्टै बिग्रिन्छ । मासु पहिला काट्दा फ्रेसमा रातो हुन्छ ।

पछि राख्दै जाँदा कालो कालो भएर जान्छ । त्यस्तो मासु भने खान हुँदैन । कतिपयले महिनौँ दिनसम्म मासु फ्रिजमा राखेर खाने पनि गर्नुहुन्छ यो सजिलोका लागि हो तर त्यस्तो मासु स्वास्थ्यको दृष्टिकोणले यस्तो मासु राम्रो मानिँदैन । धेरै लामो समयसम्म फ्रिजमा राखेको खानेकुराहरू खानु हुँदैन ।

फ्रिजमा लामो समय खानेकुरा अथवा मासु राखेर खाँदा उच्च रक्तचाप हुने सम्भावना हुन्छ, मधुमेहलाई पनि प्रोत्साहन गर्छ । पेटसम्बन्धी विभिन्न समस्या अल्सर, ग्यासट्राइटिस हुन सक्छ, किड्नीलाई पनि धेरै खराब गर्छ । लिबरमा पनि समस्या ल्याउन सक्छ । त्यसैले फ्रिजमा राखेको खानेकुरा धेरै खानु हुँदैन र लामो समयसम्म राखेर खानु पनि भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?