कपालले तपाईँलाई शोभा दिन्छ, सौन्दर्य बढाउँछ । यसकारण कपाल राम्रो सिल्की होस् भन्ने चाहाना सबैको हुन्छ ।
अझ पछिल्लो समय त कपाल सिल्की र साईनिङ बनाउने बहानामा कपाल स्टेट गर्ने, केराटिन गर्ने लगायत विभिन्न केमिकलहरूको पनि प्रयोग गर्ने गरिन्छ ।
तर बजारका यस्ता प्रडक्टहरू कपालमा प्रयोग गर्दा यसले निकै हानी गर्ने चिकित्सकहरू बताउँछन् । यसकारण केराटिन ट्रिटमेन्ट गराउने दिदीबहिनीहरू सावधान रहनुहोला ।
केराटिन ट्रिटमेन्टको एकदमै नराम्रो असर मिर्गौलामा पर्न सक्ने एक अध्ययनले देखाएको छ । केराटिन बेस्ड हेयर स्ट्रेनिङ उत्पादनमा ग्लाइआक्सिलिक एसिड पाइन्छ । यसले किड्नी इन्जरीको खतरा बढेर जान्छ । त्यसो त यस्ता उत्पादनमा ग्लाइकोलिक एसिडको मात्रा धेरै हुँदैन । तर, यसको अत्यधिक प्रयोगले शरीरमा बेफाइदा भने अवश्य गर्न सक्छ ।
केराटिनले आँखामा जलन हुने, टाउको दुख्ने, छाती दुख्ने, बान्ता आउने, खोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट रगत आउने, श्वासप्रश्वासमा समस्या आउन सक्छ ।
साथै यसले केराटिन गर्नेलाई मात्र नभई केराटिन गराउने ब्युटिसियनलाई पनि छालासम्बन्धी समस्या, टाउको दुख्ने, आँखा चिसो हुनेजस्ता समस्या हुने छालारोग विशेषज्ञहरू बताउँछन् ।
केराटिन क्रिममा हुने फार्मल्डहाइड छालाको माध्यमबाट शरीरमा प्रवेश गरेमा नसासम्बन्धी रोग हुन सक्ने जोखिम हुन्छ ।
त्यस्तै गर्भवती महिलाले केराटिन गरेमा गर्भपात हुन सक्ने तथा प्रजनन स्वास्थ्यमा समस्या देखिने जोखिम हुन सक्छ । यद्यपि अनुसन्धानअनुसार यसले भविष्यमा क्यान्सर समेत हुने जोखिम बढाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया