मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

म्याग्दीमा कृषि उपज बिक्री नहुँदा किसान हैरान

म्याग्दी– पन्ध्र वटा मुर्रा भैँसी र आठ वटा होलिस्टिन जातका गाईपालन गरेका अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका कृष्ण र शिव बरुवालले सञ्चालन गरेको धौलागिरि बहुउद्देश्यीय कृषि फार्ममा दैनिक १४० लिटर दूध उत्पादन हुन्छ ।

बेनी बजारमा प्रतिलिटर १४० रुपैयाँका दरले दूध बिक्री हुन्छ तर खड्का दाजुभाईले प्रतिलिटर १२० मा बिक्री गर्दा पनि बजार पाएका छन् । ‘नजिकैको पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङ र बासबोटमा घरघरमा लगेर जाँदा पनि दूध कटाउन समस्या भएपछि पोखरेबगरमा डेरी खोलेको छु’, उनले भने, ‘बर्खायाममा दूध धेरै हुँदा घ्यू बनाएर बेच्ने गरेका छौँ ।’

एक वर्षअघि दुई सय २२ वटा बोयर जातका बाख्रा भएको बेनी नगरपालिका–४ डाडाखेतको एकता एग्रो फार्ममा यसपाली एक सय ८२ वटा मात्र छन् । मासुका लागि खसीबोका र पाल्ने पाठीहरुको माग घटेपछि बाख्राको सङ्ख्या घटाउँदै लगेको फार्मका सञ्चालक महेन्द्र बानियाँले बताए ।

२५० बोट किवी लगाएका बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुनले गत हिउँदमा फलेको १० क्वीन्टल किवी बेच्न पोखरामा भौतारिए । ‘व्यापारीले मसँगबाट प्रतिकिलो १५० का दरले किनेको किवी आँखै अगाडि २५० का दरले बेचेको टुलुटुल हेरेर बस्नुपर्‍यो’, उनले भने, ‘बजारमा लगेको किवी कुहाएर फाल्नु र घर ल्याउनुभन्दा व्यापारीले जति भने त्यति मूल्यमा बेचेर आए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?