मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘शाम्बाला’ भदौ २८ गतेदेखि हलमा

काठमाडौँ– फिल्म ‘शाम्बाला’ को प्रदर्शन मिति घोषणा गरिएको छ। मीनबहादुर भाम निर्देशित फिल्म आगामी भदौ २८ गतेदेखि प्रदर्शन हुँदै छ ।

हिमाली भेगकी गर्भवती महिलाले ल्हास्सामा हराएको श्रीमान खोज्दाको कथा समेटिएको फिल्मबारे शुक्रबार ललितपुरमा एक कार्यक्रम प्रदर्शन मिति तय गरेको हो ।

फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङलगायत कलाकारको अभिनय छ।

नेपाली र टिबेटियन भाषामा बनेको फिल्म डोल्पाको ४२ सयदेखि ६ हजारको उचाइमा खिचिएको हो। फिल्मको कथा निर्देशक मीन र अविनाश विक्रम शाहले लेखेका हुन्।

यो फिल्मको बजेट ९ लाख ८० हजार युरो रहेको छ। यो फिल्म बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?