मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

काठमाडौँ- मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिए ।

उक्त परिमाणको यार्सागुम्बा निकासीबाट १६ लाख ५७ हजार पाँच सय राजस्व सङ्कलन भएको उनको भनाइ छ । यार्सा निकासीका लागि प्रतिकिलो ५१ हजार दस्तुर लिने गरिएको छ ।

निकासी गरिएको दस्तुर ५१ हजारमध्येबाट १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ ।

मनाङमा यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको थियो । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि नासो गाउँपालिका–८ ताचैस्थित नाम्केबाट सङ्कलन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?