मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संस्कृति

जादुई टापु: जहाँ हरेक रोग तान्त्रिक विद्या र जडिबुटीले मात्रै रोग निको हुने विश्वास गरिन्छ

काठमाडौँ– विश्व अहिले २१ औँ शताब्दीमा छ । अहिले विश्वभर नै प्रविधिको व्यापक आविष्कार भइसकेको छ । यति मात्रै होइन । हरेक उपचार तथा कार्य प्रविधिमार्फत नै हुँदै आएको छ । त्यसैले पनि विश्वभर हरेक रोगको उपचार सम्भव हुँदै गएको छ ।

तर, फिलिपिन्सको एउटा त्यस्तो टापु छ, जहाँ अझै पनि धामी झाँक्रीबाट मात्रै उपचार गर्ने गरिन्छ । यहाँका स्थानीय बासिन्दाहरुको स्वास्थ्यमा केही खराबी हुँदा अस्पतालभन्दा पनि धामी झाँक्री र टुनामुना गर्ने व्यक्तिसमक्ष पुग्छन् ।

उक्त ठाउँ हो, फिलिपिन्सको ‘सिक्विजोर टापु’ ।

यहाँ प्राचीन कालदेखि नै जादु, टुना र स्थानीय जडिबुटीको प्रयोगबाट विभिन्न रोगको उपचार हुँदै आएको छ । यी विभिन्न विधिको प्रयोगबाट नै यहाँ चिकित्सा केन्द्रको स्थापना भएको छ । यसैले पनि यो टापु दुनियाँभन्दा फरक छ ।

सिक्विजोर टापु फिलिपिन्सको मध्य भिनायस क्षेत्रमा रहेको छ । फिलिपिन्समा यात्रा गर्ने जोकोहीलाई पनि यस क्षेत्रले आकर्षित गर्छ । यस दिपमा उपचारको लागि यही क्षेत्रका स्थानीय मात्रै नभई विश्वका विभिन्न क्षेत्रका मानिसहरु पनि जाने गरेको पाइन्छ । क्याथोलिक धर्म मान्ने व्यक्तिहरुले यस चिकित्सा प्रणालीबाट उपचार गर्ने विधिको शुरुवात गरेका थिए ।

यहाँ सोह्रौँ शताब्दीदेखि चिकित्सक पद्धतिको शुरुवात भएको हो । त्यसमा पोषण बनाउन (बोतलमा विभिन्न जडिबुटी राखेर त्यसबाट रस निकालेर या त्यसको मद्दतबाट औषधी बनाउने), शरीर र आत्मामा बोक्सी वा नकारात्मक प्रभावको जादु, टुना मन्त्रको सहयोगबाट टाढा राख्नका लागि जडिबुटीको प्रयोगबाट धुवाँको प्रयोग पनि गर्ने गरिन्थ्यो ।

यस द्वीपको प्राकृतिक र अलौकिक चिकित्सा पद्धतिले रोगलाई भगाउनका लागि धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।

रोग निको पार्नेलाई सम्मान गर्ने

मेरो गाइड लुइस नथानील बोरोगनले हाम्रो संसारमा लुकेको एउटा दुनियाँ रहेको बताउँछन् । उनी भन्छन्, ‘दुष्ट आत्मा झरना, जङ्गल र समुन्द्र क्षेत्रमा हुन्छ । यदि हामीले उनीहरुलाई हमला गरेमा वा उनीहरुलाई हामीले असर गरेमा यो बिरामी झन् बढ्न सक्छ । यसले समस्या र पीडा बढाउनुका साथै मृत्युको मुखमा पनि पु¥याउन सक्छ । यसले हामीसँग जसरी पनि बदला लिन सक्छ ।’

बोरोंगनले यस्तो बताउनुको कारण जादु र टुनाको नतिजा हो ।

यसको दोस्रो रुप भनेको तान्त्रिक विद्याबाट हो । जसमा कुनै पनि गुडियाबाट मार्नु (जादु वा टुनाको प्रयोग गरी कपडा वा उनबाट बनाएको पुतली) र बारङ्ग (फिलिपिन्सको कालो जादूको एक रुप) सहभागी भएको हुन्छ ।

तेस्रो तरिका भनेको कुनै पनि चिकित्सा पद्धतिको सही तरिकाले प्रयोग गर्ने हो । कुनै पनि स्थानीय चिकित्सकको समक्ष गएर उपचार गर्ने । जुन विशेष तरिका र प्राकृतिक चीजको प्रयोग गरेर सानोभन्दा सानो बिरामीलाई पनि निको पार्ने काम गर्छ ।

फिलिपिन्सको यस द्वीपमा पाइने चिकित्सकीय क्षमतालाई धेरैले भरोसा गर्ने गर्छन् ।

बोरोंगनका अनुसार यहाँ आउने नयाँ व्यक्तिले रोगको उपचारका लागि स्थानीय ड्राइभरसँग चिकित्सक उपचारबारे सल्लाह र सुझाव लिन सक्नेछन् । उनीहरु आफैँले पनि तपाईंलाई सम्बन्धित स्थानमा पुर्‍याउने गर्छन् ।

उनी भन्छन्, यहाँ विभिन्न तरिकाबाट उपचार गर्ने व्यक्तिलाई ईश्वरले नै क्षमता प्रदान गर्छ । यहाँका केही व्यक्तिलाई मात्रै नभई अधिकांशलाई सो सुविधा उपलब्ध गराएको हुन्छ ।’

यहाँका स्थानीय बासिन्दाहरु रोग लागेपछि उपचारका लागि चिकित्सकसँग जानुभन्दा पनि परम्परागत तरिकाबाट उपचार गर्न उपयुक्त ठान्छन् ।

बोरोंगनका अनुसार यो चिकित्सक पश्चिमी औषधीले असर नगर्ने व्यक्तिहरुका लागि उपयुक्त हुन्छ । उनीहरुको उपचारको लागि घरेलु जडिबुटीबाट गरिन्छ ।

यहाँ तीन सयभन्दा बढी जडिबुटीको प्रयोगबाट उपचार गर्ने गरिन्छ । सो जडिबुटीको प्रयोगबाट औषधी बनाइन्छ र सोहीबाट उपचार पनि गरिन्छ ।

लामो समयदेखि यो चिकित्सा प्रणाली कायम रहेकोले पनि यहाँ धेरै किसिमको जडिबुटी पाइन्छ ।

तान्त्रिक विद्याको परम्परा

स्पेनका यात्री खुवान अगीरे र एस्टेबान राँड्रिगेज सिक्विजोरमा पुग्ने पहिलो युरोपियन नागरिक थिए । उनीहरु सन् १५६५ मा पहिलो पटक पुगेका थिए ।

द्वीपलाई टाढाबाट देखेर र आगो भन्ठानेकोले यसको नाम ‘फायर आएरल्याण्ड’ राखिएको थियो ।

बोरोंगन भन्छन्, ‘वास्तवमा यो उज्यालो ‘मुलो’ रुखमा घुम्ने फायरफ्लाइहरुबाट आएको हो ।’ यो प्राकृतिक दृश्य अहिले दुर्लभ भइसकेको छ । यही कारणले पनि सिक्विजोरमा सबैभन्दा पहिले जादुको प्रभावबाट प्रख्यात भएको थियो । यसैले गर्दा पनि छिमेकी टापुका स्थानीय बासिन्दाहरु यहाँ आउन डराउने गर्छन् ।

फिलिपिन्समा सन् १५२१ मा क्याथोलिक धर्म पुगेको थियो । तर पनि मेसिनरी सामग्रीहरु सन् १७०० सम्म पनि पुगेको थिएन । यसैले पनि यहाँ बोक्सी विद्याको हल्ला फैलिएको थियो ।

बोरोंगनका अनुसार सो समयसम्म यस टापुमा बोक्सी विद्याको जड मजबुत भइसकेको थियो । त्यसको स्थान मेसिनले लिन सक्ने अवस्था थिएन ।

तर, समय परिवर्तनसँगै दुवै आस्था एक अर्कामा घुलमिल भयो । उपचार गर्ने व्यक्तिले आफ्नो क्षमता विशेष शक्तिबाट आएको कारण ‘ईश्वर’ भएको बताउँथे । यसलाई धार्मिक विश्वासको रुपमा लिइयो र अधिकांशले यसलाई सानको रुपमा लिन थाले ।

प्रेम र सफलताको अमृत

यस टापुमा जडिबुटीको प्रयोग व्यापक रुपमा हुन्छ । सडक तथा पसलमा मात्रै करीब एक सय पिस (१ दशमलव ४० पाउण्ड) मा सजिलैसँग किन्न पाइन्छ ।

त्यसमा पनि सबैभन्दा लोकप्रिय पेय पदार्थ हुन्छ । जसमा २० प्राकृतिक सामग्रीहरु रहेको हुन्छ । यसमा ‘पंगामे’ पनि सहभागी गराइएको हुन्छ । अझ यहाँ यही उत्पादनका बारेमा मेला पनि लाग्ने गर्छ ।

३० वर्षदेखि यो अमृत बनाउँदै आएका लिलीया आलोम भन्छन्, ‘यो एक किसिमको इसारा हो । रोमान्स वा खुसीको कुरो होस् मसँग आउनुस् ।’

छोटो अवधिको भावनाका लागि मात्रै राम्रो भए पनि व्यवसायमा सफलताको लागि उपयुक्त रहेको उनको भनाइ छ ।

आध्यात्मिक बलका लागि ‘कालो शनिवार’ अनुष्ठान

दुई सयभन्दा बढी सामग्री मोमी कालो अमृत ‘मिनसा’ बनाउँछ । यो ट्युबको माध्यमबाट जलाउने गरिन्छ । ट्युब यस्तो विधि हो । यसले तान्त्रिक विद्याको प्रभावलाई सखाप पार्छ ।

मिनासा बनाउनको लागि चिकित्सक लगातार सात शुक्रबार आध्यात्मिक स्थानमा जाने गर्छन् । जसले गर्दा विभिन्न किरा, फूल, जडिबुटी, जङ्गली औषधि लगायत सबै पग्लने गरेको मैनबत्ती जस्तै विभिन्न अवशेषहरु जम्मा गर्न सकिन्छ ।

एक वर्षमा एक दिन मात्रै यसरी तयार गर्न सकिन्छ । ‘कालो शनिवार’ (गुड फ्राइडे पछिको दिन जब यशू ख्रीस्टलाई उनको चिहानबाट तल झारिएको थियो ।) फिलिपिन्समा शोकको दिन मानिन्छ । त्यसैले कालो शब्द चलेको हो ।

‘टिगी’ मृतक आफन्तको आत्माले लाग्ने रोगलाई निको पार्ने अनुष्ठान हो ।

चिकित्सक पास्कल आगोले मर्ने व्यक्तिको पहिचान गर्न लठ्ठी प्रयोग गर्छन् । जब तिनीहरुलाई बोलाइन्छ । लठ्ठी लामो वा झुक्न सक्छ ।

आत्माले अक्सर आफूलाई असन्तुष्ट भएको बताउने गरेको पाइन्छ । बिरामी व्यक्तिले उपचार गर्ने व्यक्तिलाई नगद उपहार दिनुका साथै पीडित आत्मालाई शान्त पार्न मृतकको नाममा प्रार्थना गर्छ ।

बोक्सी र आत्मालाई भगाउने विश्वास

राहिली लूगातिमान ‘बोलो बोलो’ को सहयोगबाट उपचार गर्ने एक मात्रै चिकित्सक हुन् । यस चिकित्सा पद्धतिका अनुसार स्वच्छ पानीमा भरेको एक मर्तबान, भुसा र जादुई ढुङ्गाको प्रयोग गर्ने गरिन्छ ।

पानीमा बुलबुल उडाउँछ । जब मतबान बिरामी मानिसको उपचार गरिरहेको हुन्छ । ढुङ्गाले जादु र आत्मालाई हटाउने गर्छ । जसले गर्दा पानी बादल बन्छ र आत्मा अगाडि आउँछ ।

लूगातिमानले सलहदेखि सुइसम्म सबै कुरा देखेको बताउँछिन् भूत बाधाको समयमा । यो पक्रिया पानी सफा नभएसम्म गर्नुपर्छ । पानी सफा हुनुले राम्रो स्वास्थ्यको इसारा गर्छ ।

उपचार गर्ने चिकित्सकले शुल्क लिँदैनन्

उपचार गर्ने चिकित्सकले शुल्क त लिँदैनन् । तर, थोरै उपहार दिनका लागि अनुरोध गर्छन् । रोगको उपचार गर्ने जुआनिता तोरीमाचा भन्छन्, ‘यो केबल गुजारा गर्नका लागि हो । फाइदा लिनका लागि होइन ।’

आफूहरु शान्तिपूर्ण र आरामदायक जीवन बिताउँदै आएकाले कुनै चीजको कमी नहुने उनको धारणा छ । तर पनि हाल धेरै चिकित्सकहरु कम हुँदै भने गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?