मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘बारुलाको गोलो’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ- गायक सुदिप पन्त र गायिका शान्तीश्री परियारको ‘बारुलाको गोलो’ गीत सार्वजनिक भएको छ । गीतमा उषा उप्रेती र रमेश कडरियाको अभिनय रहेको छ ।

सुदिप पन्त र रमेश कडरियाको शब्द रहेको गीतको सङ्गीत गायक स्वयंले गरेका छन् भने सङ्गीत संयोजन कडरियाले गरेका छन् । केही फरक शैलीमा प्रस्तुत गरिएको गीतको भिडीयोमा जङलमा बसोबास गर्ने प्रेमी प्रेमिकाको रोमान्चक प्रेम देखाइएको छ ।

भिडियोलाई कार्टुन्ज क्रू का सरोज अधिकारीले निर्देशन गरेका छन् । त्यस्तै सरोज अधिकारी र रोशन बिकको कोरियोग्राफी, तथा क्यामरामा पवन शुस्लिङले काम गरेका छन । भिडियो सम्पादन सुरोज अधिकारीले गरेका हुन भने कलर करेक्सन राजेन्द्र मोक्तानले गरेका छन ।

आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताहरुले यो गीत मन पराउनेमा आफू आशावादी रहेको गायक पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?