मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तिते करेला खाए फाइदै फाइदा

काठमाडौँ- तीतो हुने कारणले घरमा तिते करेला पाक्दा धेरैको मुख खुम्चिने गर्दछ । प्रायजसो यो तरकारी धेरैको रोजाईमा नपर्न सक्छ ।

तर खाँदा तीतो हुने करेला स्वास्थयको दृष्टिकोणले भने धेरै नै लाभदायक छ । अन्य तरकारीको तुलनामा करेलामा धेरै औषधीय गुण हुन्छ । करेला प्रोटिन, क्याल्सियम, भिटामिन आदीको उत्तम स्रोत हो । 

यस्ता छन् तिते करेलाका फाइदाहरू 

– विशेषगरी करेला मधुमेहका रोगीहरूका लागि निकै फाइदाजनक हुन्छ । करेलाले रगतमा चिनीको मात्रा
  सन्तुलन राख्न सहयोग गर्छ ।

–करेला खाँदा रगतमा हेमोग्लोबिनको मात्रा बढ्छ ।

–करेलाले पाचन शक्ति बलियो बनाउँछ र भोक जगाउँछ ।

–करेला पत्थरी भएकाहरूका लागि पनि निकै फाइदाजनक हुन्छ । करेला खाँदा अन्य रोग प्रतिरोधक क्षमतासमेत बढ्दछ ।

–करेलाले  मानिसको तौल नियन्त्रण गर्ने पनि सहयोग गर्दछ ।

–करेलाले छालाजन्य रोगहरू निर्मुल गर्छ । करेला दैनिक रूपमा सेवन गरेमा वा यसलाई पिसेर लेप लगाउँदा पनि छालाजन्य रोगहरू कम हुन्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?